रौतहटमा करोडौँ खर्चिएका बोरिङ आयोजना प्रभावहीन, किसान सिँचाइबाट वञ्चित

8.37k
Shares

रौतहट ।

सिचाई सुबिधा पुरयाउने उदेश्यले जडान गरिएका डिप बोरिङ, स्यालो ट्युबवेल र साना बोरिङ प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा किसानहरु सिँचाइ सुविधाबाट वञ्चित भएका छन । किसानका खेतमा निर्माण गरिएका कतिपय आयोजना निर्माण सम्पन्न भए पनि भुमिगत पानीको सतह नभेटदा सञ्चालनमा आउन सकेका छैनन् भने केही आयोजना भने खेतमा डिप बोरिङ्गका पाईप मात्रै देखिन्छ यसरी देखिएका पाईप भने बर्षौ देखि अधुरै अवस्थामा अलपत्र परेका छन ।

खेतमा डिप बोरिङ्गको पाईप छ तर उनीहरु आकाशे पानीको पर्खाईमा रहने गरेका छन । रौतहटका विभिन्न स्थानमा करोडौँ रुपैयाँ खर्च गरेर किसान लाई सिचाई सुबिधा पुरयाउने नाममा अधुरो डिप बोरिङ, स्यालो ट्युबवेल र साना बोरिङ जडान गर्दा किसान भन्दा सम्बन्धित निकाय र उपभोक्ता समिति लाभान्भित भएका छन ।

यसको ज्वलन्त उदाहारण होे डिप बोरिङको भुक्तानी प्रक्रियामा घुस लिएको आरोपमा गत ८ गते भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले द्धारा पक्राउ पर्नु यसैगरी घुस दिनेले बढि मुनाफा आर्जत गर्न खोज्नु । स्थानीयवासीका अनुसार घुस लिने कर्मचारीमाथि मात्र नभई घुस दिएर निर्माण सम्पन्न गराएका आयोजनाको गुणस्तर र कार्यसम्पादनमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन ।

उनीहरूका अनुसार निर्माण गुणस्तरको परीक्षण नगर्दा कमजोर तथा अपूर्ण आयोजना निर्माण गर्ने प्रवृत्तिले थप प्रश्रय पाउने खतरा छ ।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवीन यान्त्रिक सिँचाइ आयोजना, संघीय खानेपानी तथा सरसफाइ आयोजना तथा स्थानीय तहमार्फत आर्थिक वर्ष २०७५/७६ यता निर्माण गरिएका अधिकांश आयोजना अपेक्षित रूपमा सञ्चालन हुन नसकेको पाइएको छ ।

किसानका अनुसार खेतबारीमा जताततै डिप बोरिङका पाइप गाडिएका छन्, तर धेरै स्थानमा पानी नआउँदा सिँचाइको समस्या यथावत् छ । गरुडाका किसान मोहम्मद ईसराफिक हक भन्छन राज्यले जडान गरेको डिपबोरिङ्गमा पानी आउदैन तर किसानले जडान गरेको बोरिङ्ग र स्यालो ट्युबवेल बाट भने पानी आउने गरेको छ र यसै बाट पनि खेतमा सिचाई गर्दै आएका छौ ।

धेरै डिप ट्युबवेलमा विद्युतीकरण र पम्प हाउस निर्माण सम्पन्न नहुँदा ती सञ्चालनमा आउन सकेका छैनन ्। सञ्चालनमा रहेका केही ट्युबवेलबाट समेत पर्याप्त पानी नआउने किसानको गुनासो छ । एउटा डिप बोरिङबाट करिब ४० बिघा जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिए पनि निर्माण तथा व्यवस्थापनको कमजोरीका कारण त्यसअनुसार प्रतिफल प्राप्त हुन सकेको छैन ।

संघीय खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत निर्माण गरिएका साना बोरिङमध्ये पनि धेरै स्थानमा खानेपानी सेवा प्रभावकारी छैन । अनियन्त्रित भू–जल दोहन र पानीको सतह घट्दै जाँदा सुख्खा मौसममा बोरिङबाट पर्याप्त पानी नआउने समस्या बढ्दै गएको किसानहरूले बताएका छन ।

स्थानीयले पुराना आयोजना मर्मत गरी सञ्चालनमा ल्याउन र अधुरा आयोजना शीघ्र सम्पन्न गर्न माग गरेका छन्। प्रभावकारी अनुगमन र व्यवस्थापनको अभावमा सरकारी लगानी खेर गएको भन्दै किसानहरूले सम्बन्धित निकायसँग निर्माण सम्पन्न भएका सबै आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याई वास्तविक लाभ सुनिश्चित गर्न आग्रह गरेका छन् ।

Skip This