मधेशमा अशान्तको त्रासः स्थानीय प्रशासनको उच्च सतर्कता

940
Shares

वीरगन्ज।

  कोशी प्रदेशमा हिन्दु र मुस्लिम समुदायका बीचमा हिंसा भड्कने संभावना कायमै रहेका बेला त्यसको आगो मधेश प्रदेशमा सल्किएको छ । हिन्दु र मुस्लिमको संभावित झडपमा भने मधेश प्रदेश निकै जोखिममा रहँदै आएको छ । बिगतमा पनि साना साना कुरामा समेत यहाँ हिन्दु र मुस्लिमका बीचमा तनाब हुदै आएकोमा बिहीबार सिराहामा एकजनाको मृत्यु भएपछि मधेशमा हिंसा भड्कने त्रास बढेको छ । यहीबिचमा स्थानीय प्रशासनहरुले सतर्कता अपनाउन खोजेको देखिएको छ ।

 पर्सा ,बारा लगायतका स्थानहरुमा बिगत केही दिनदेखि प्रदर्शन भइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ सूचना जारी गर्दै निषेधज्ञा जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा पनि संभावित हिन्दु मुस्लिम झडपलाई रोक्नका लागि निषेधाज्ञा जारी गरेको बुझिएको छ । स्थानीय प्रशासनले आवश्यक परे कफ्यूआदेश जारी गर्ने समेत तयारी पर्सामा गरिरहेको छ । पर्सामा साँझजसो संधै हिन्दुहरुले प्रदर्शन गर्दै आइरहेका छन् । 

सिराहामा बिहीबार दिउँसो भएको झडपमा परी मानवीय क्षति भएपछि त्यसको असर मधेशका सबै जिल्लामा देखिएको छ । मधेशका सदरमुकाम र मुख्य शहरमा प्रदर्शन भएको थियो । वीरगन्जमा निषेधाज्ञबीचमा पनि प्रदर्शन हुन सक्ने भएकाले सुरक्षा ब्यवस्था भने बलियो बनाइएको छ ।