सिकाली मगरगाँउ सडक स्तरउन्नति हुँदै 


ललितपुर ।

 ललितपुर महानगरपालिका वडा नम्बर १८ र २१ जोड्ने सिकाली मार्ग स्तरउन्नति शुरु भएको छ । बाटोमा ढल बगिरहेको कारण सवारी दुर्घटना बढ्न थालेपछि स्तरउन्नती शुरु भएको हो । ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जनले मगरगाउँदेखि सिकालीसम्मको बाटो स्तरउन्नती गरिने जानकारी दिनुभयो । 

 बाटो स्तरउन्तीसंगै आज ढलको निकास खोल्ने र सररफाई गरेको छ । वडा नं–१८ आ अध्यक्ष दामोदर खड्का, वडा नं–२१ का रविन्द्र महर्जन, १८ का सदस्य निरज कुँबर लगायत स्थानीयले बाटोमा ढलको निकास खोलेर सफाई गरेका थिए ।  

 उहाँका अनुसार करिब डेढ करोड लागतमा बाटो स्तरउन्नती हुन लागेको हो । उहाँका अनुसार बाटो स्तरउन्नतीसंगै स्मार्ट स्ट्रिटलाईट जडान भैसकेको बताउनुभयो । भन्नुभयो–वर्षातको कारण केही समस्या भएको हो । केही दिनमा ग्राबेल पेलेर बाटो सम्म्याइने छ । उहाँका अनुसार सो बाटो ८ मिटर चौडा गरिएको छ । 

 ललितपुर–१८ काअ अध्यक्ष दामोदर खड्काले मगरगाउ ओरालोमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नलागिएको जानकारी दिनुभयो । यसअघि पटक पटक बाटो ढलान गरी मर्मत गरेका थियो । स्थानीयको ढल  र खानेपानीको पाईपलाईनको पानी ढलमा परेकोले समस्या परेको हो । 

 अब कुनैपनि समस्या नपर्नेगरी स्तरउन्नती हुनेछ–दुबै अध्यक्षले भन्नुभयो । बाटो बिस्तार र स्तरउन्नती गर्न भोली शुक्रबार बैठक राखेको छ । स्थानीय मिलन थापाले मगरगाउको ओरालोमा ढल नहुँदा समस्या परेको बताउनुभयो । बाटोमा ढलान उप्किएर ठुलो प्याल बनेको छ । सवारी दुर्घटना बढ्न थालेकोले समयमै ढल निकास दिएर स्तरउन्नती गर्नुपर्छ–थापाले भन्नुभयो ।