राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच समसामयिक राजनीतिक विषयमा छलफल


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार शीतल निवासमा भेटवार्ता भएको छ।

भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसदीय गतिविधि र विधेयकहरूको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। साथै, संसदलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन संसद्को भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संसदीय अभ्यासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। नियमित भेटघाटअन्तर्गत भएको वार्तामा समसामयिक राजनीतिक विषयमा समेत संक्षिप्त छलफल भएको सचिवालयले जनाएको छ।