राष्ट्रिय सुरक्षा परिषद्को बैठक बिहान ११:३० बजे बस्दै


काठमाडौं ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठकमा सुनसरी घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्थाबारे छलफल हुने जनाइएको छ।

संविधानअनुसार परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति तथा रक्षा सचिव सदस्य सचिवका रूपमा रहने व्यवस्था छ।

परिषदले नेपाली सेनाको परिचालन, राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा नीतिसम्बन्धी विषयमा सरकारलाई आवश्यक सिफारिस र परामर्श दिने जिम्मेवारी निर्वाह गर्दछ।