काठमाडौँ।
बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको ज्यान गएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।
प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे काम गर्ने क्रममा उनीहरू फसेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धारका लागि जेसीबी प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया