जापानमा नेपाली पत्रकारहरूको ऐक्यबद्धता प्रदर्शन


कियो, जापान ।

नेपाल प्रेस युनियन जापान शाखाले जापान भ्रमणमा रहनुभएका नेपाल प्रेस युनियनमा आबद्ध नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सम्मानमा आयोजना गरेको स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम जापानस्थित प्रेस युनियनकर्मीहरूको उल्लेखनीय सहभागिता र उत्साहपूर्ण उपस्थितिका बीच भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल प्रेस युनियन जापान शाखाका संयोजक राजविन थापाको सभापतित्व तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिती जापान का पदाधिकारी, नेपाल पत्रकार महासंघका पदाधिकारी, केन्द्रीय सदस्य, जापानस्थित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा प्रेस युनियनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीद वागचन, नेपाल पत्रकार महासंघका सचिव एवं नेपाल प्रेस युनियनका सचिव अशोक तिवारी,महासंघका सचिवहरू रमेश खतिवडा, सोनी शर्मा बैकुण्ठराज पराजुली सहित केन्द्रीय सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमामय बनाएको थियो। त्यसैगरी महासंघका केन्द्रीय सदस्यहरू रामराज पोखरेल, मुकुन्द भण्डारी, भूपराज बस्याल, नगेन्द्र उपाध्याय, लिला शाह, ललिता शाह, रुक्मिणी पोखरेल, भरत जर्घा मगर, माला पालुङ्वा, छविलाल तिवारी, केबी राना लगायत गण्डकी सभापति रमेश पौडेल, लुम्बिनी सभापति शुक्ररिषी को कार्यक्रममा सहभागीता रहेको थियो ।

त्यसैगरी नेजसस जापानका सभापति राजेन्द्र जमरकट्टेल, नेजसस जापानका पुर्व सभापति तथा एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष महेश श्रेष्ठ, नेजसस जापानका पूर्व सभापति डिपी कंडेल,उपसभापतिहरू रामजंग कार्की र युवराज गुरुङ महामन्त्री बिराट खनाल
एसिया–प्रशान्त संयोजक दिपक कंडेल,उपाध्यक्ष बिनोद खनाल (मुक्तिराम) नेपाल पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईं, आईसीसी सदस्य शिवहरी पौडेल, एनआरएनएजापान कान्तो संयोजक दिपक सुवेदी बिप्लव लगायतको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस युनियन जापान शाखाका सचिव बिश्वबन्धु भण्डारीले सन्चालन गरेको कार्यक्रममा नेपाल प्रेस युनियन जापान शाखाका सदस्य बिश्वास आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै प्रवासमा रहेका पत्रकारहरूबीच पेशागत सम्बन्ध, एकता र सहकार्यलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

वक्ताहरूले स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै मातृभूमि र प्रवासबीच पत्रकारितामार्फत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल प्रेस युनियन जापान शाखाले निर्वाह गरिरहेको सक्रिय भूमिकाको खुलेर प्रशंसा गरे। उनीहरूले प्रवासमा रहेर पनि नेपाली पत्रकारिताप्रति देखाइएको प्रतिबद्धता अनुकरणीय रहेको धारणा व्यक्त गरे।

विशेषगरी, नेपाल प्रेस युनियन जापान शाखाका पदाधिकारी, सदस्य तथा जापानमा क्रियाशील पत्रकारहरूको उत्साहजनक र भव्य उपस्थितिले कार्यक्रमलाई थप जीवन्त र ऐतिहासिक बनाएको थियो। लामो समयपछि प्रवासमा यति ठूलो संख्यामा पत्रकारहरू एउटै मञ्चमा भेला भई आत्मीय संवाद, अनुभव आदान–प्रदान र संगठनात्मक ऐक्यबद्धताको सन्देश दिन सफल भएको सहभागीहरूले बताएका थिए।

प्रवासमा रहेर पनि पत्रकारिता, संगठन र पेशागत एकतालाई केन्द्रमा राखी नेपाल प्रेस युनियन जापान शाखाले आयोजना गरेको यो कार्यक्रमले जापानस्थित नेपाली पत्रकारहरूबीचको ऐक्यबद्धतालाई थप मजबुत बनाउनुका साथै नेपाल र जापानबीचको पत्रकारितामूलक सम्बन्धलाई समेत नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूको भनाइ थियो।