सीसीआरसीको सहज जित


काठमाडौं, (नेस) ।

सीसीआरसीले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
कीर्तिपुरस्थित कभर्डहलमा सीसीआरसीले ओमेगालाई ८०–४७ ले सहजै पराजित ग¥यो । सीसीआरका सवाज खानले २२ स्कोर गरे । एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चोकियन्स फिट्नेस हबको आयोजनामा भइरहेको प्रतियोगतामा पुष्पसदन र मनास्लु विजयी भए । दुवैले गोल्डेनगेटलाई हराए ।

पुष्पसदनले गोल्डेनगेट ‘ए’ लाई ३४–३० ले पाखा लगायो । पुष्पसदनका सिमोन रमजालीले १० अंक जोडे । पुष्पसदनको लगातार दोश्रो जित हो । मनास्लुले गोल्डेनगेट ‘बी’ माथि ८६–३० को आरामदायी जित दर्ता ग¥यो । मनास्लुका शुभ खड्काले १८ अंक जोडे ।
चारै क्वाटरमा अग्रता लिएको मनास्लुले क्रमशः २७–६, १७–५, १९–१७ र २३–२ स्कोर ग¥यो । तीनै खेलका सर्वाधिक स्कोरकर्तात्रय सवाज, सिमोन र शुभ ‘म्यान अफ द म्याच’ घोषित भए ।