साउन महिना सुरु भएसँगै नेपाली संगीत बजारमा तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यहीबीच कस्तुप पन्तले नयाँ तीज गीत खाली भयो जेब सार्वजनिक गरेका छन्।
कप्रिय गायिका एलिना चौहानको मुख्य स्वर रहेको गीतमा कस्तुप पन्तकै शब्द र संगीत रहेको छ भने रामजी खाँणले पनि स्वरमा साथ दिएका छन्। रमेश सेन्चुरीको संगीत संयोजन रहेको गीतलाई कुमार पुनले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।
तीजको सांस्कृतिक परिवेशलाई समेट्दै तयार पारिएको गीतले एक वैंशालु युवतीका रहर, चाहना र सपना अभिव्यक्त गरेको छ। गीतमा उनले तीजको अवसरमा भगवान् महादेवसँग आप्mना मनोकांक्षा पूरा गरिदिन प्रार्थना गरेकी छन्। गीतको भिडियोमा मोडल एलिना रायमाझी र पार्वती श्रेष्ठको आकर्षक अभिनय तथा नृत्य रहेको छ। स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् भने सम्पादन विनोद बमले गरेका छन्।











प्रतिक्रिया