काठमाडौँ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्।
अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ।
सीआईबीका प्रवक्ता एवम् एसएसपी अनुप शमशेर जबराका अनुसार उनलाई बैंकिङ कसुरसम्बन्धी उच्च अदालत पाटनमा विचाराधीन मुद्दामा पक्राउ गरिएको हो।
पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।











प्रतिक्रिया