लन्डन, (एजेन्सी) ।
स्पेनले पछिल्लो ५ वर्षमा विश्व फुटबलमा आधिपत्य जमाउँदैं आएको छ । यति अवधिमा १७ वर्ष मुनिदेखि सिनियर पुरुष र महिला टोली गरी स्पेनले समग्रमा १६ उपाधि जितिसकेको छ । यो पुरुष विश्वकप उपाधि स्पेनी फुटबलको १६ आंै अन्तर्राष्ट्रिय प्रमुख उपाधि हो । यस वर्ष स्पेनको अन्डर १९ पुरुष र महिला टोलीले यूरोपियन च्याम्पियन्समा पनि उपाधि जितेका छन् ।
विश्वकप जितेपछि स्पेनले पछिल्लो उपलब्धिलाई समेत स्मरण गरायो । स्पेनले पहिलोपटक विश्वकप उपाधि २०१० मा जितेको थियो । यो उपाधि जित्नअघि स्पेनले २००८ मा यूरोकप जितेको थियो ।
पुरुष टोलीले विश्वकप जित्नअघि महिला टोलीले विश्वकप जितेको थियो । स्पेनले सिड्नीमा २०२३ मा सम्पन्न महिला विश्वकप उपाधि इंग्ल्यान्डलाई हराएर हात पारेको थियो । यो उपलब्धिले स्पेनको पुरुष र महिला टोलीलाई अहिले वर्तमान विश्व विजेता बनाएको छ ।
यसैगरी पुरुष टोली २०२३ को नेसन्स लिगमा विजेता बनेको थियो । टोली २०२४ को पेरिस ओलम्पिकअन्तर्गत् पुरुष फुटबलको स्वर्ण विजेता पनि थियो । महिला टोली भने २०२३ र २०२५ को नेसन्स लिग विजेता थियो ।
स्पेनीस फुटबल विज्ञ गिलेम बालागेले उनीहरू रोकिने वाला छैन भन्दै बताए–यो वर्चश्व हो । यो निश्चित आँधी हो । मुख्य कुरा हामी रोकिने छैनौं । यो अर्को एभरेस्ट हो किनभने पुरुषहरूले युरो जितेको दुई वर्षपछि विश्वकप २०१० जितेको थियो । अहिले फेरि हामीले यस्तै ग¥यौं ।
स्पेनको पुरुष टोली गत विश्वकप २०२२ मा अन्तिम १६ बाट बाहिरिएको थियो । त्यतिबेला मुख्य प्रशिक्षक लुइस इनरिकले पद छाडेका थिए । उनको विकल्पको रूपमा लुइस डे ला फुइन्टेलाई डिसेम्बर २०२२ मा मुख्य प्रशिक्षकमा नियुक्ति गरिएको थियो । उनीमाथि थोरै माथि विश्वास गरिएको थियो । तर, उनले स्पेनलाई छोटो समयमै नेसन्स लिग २०२३, यूरोपियन च्याम्पियनसिप २०२४ र हाल विश्वकप २०२६ मा उपाधि दिलाए । फुटबल विज्ञ बालागेले बताए–यो धेरै नै जोखिम निर्णय थियो । मलाई लाग्दैन कि उनी सफल होला भनेर कसैले सोचेका थिएनन् होला ।
डे ला फुइन्टेले १९९४ मा खेलाडी करिअर समाप्त गरेपछि १५ वर्षसम्म विभिन्न क्लबहरूमा अलग अलग भुमिकामा रहे । उनले स्पेनको एकेडेमीका युवा खेलाडीहरूसँग पनि सहकार्य गरिसकेको हुँदा हालका खेलाडीहरूसँग काम गर्न पनि सजिलो भएको स्पेनका पूर्व खेलाडी हुआन माटाले बताए । स्पेन सबै प्रतिस्पर्धाहरूमा गरी पछिल्ला ३८ खेलमा अपराजित रहेको छ । यो कुनै पनि युरोपेली वा दक्षिण अमेरिकी टोलीमा लामो अपराजेय यात्रा हो ।
स्पेनी महिला टोलीले लगातार उपाधि जितेपछि खेलाडीहरूको आर्थिक स्तर बढेको पूर्व खेलाडी मारिया गारिडोले बताइन् । हाल खेल पत्रकार बनेकी उनले बताइन्–स्पेनमा महिला फुटबलमा विशेष नै परिवर्तन देखेकी छुँ । १० वर्षअघि मैले बार्सिलोनाका लागि खेल्दा बार्सिलोनामा केटीहरूका लागि एकेडेमी थिएन । हामी यात्रा गर्दा पैसा आफैले खर्च गथ्र्यौ । हाम्रा अभिभावकले हामीलाई प्रशिक्षणमा पु¥याइदिनुहुन्छ । हामीले पैसा पनि राम्ररी कमाउन सकेनौं ।
उनले थपिन्–तर पछिल्लो ५ वर्षमा नाटकीय रूपमा सुधार भएको छ । अहिले महिला फुटबललाई उकास्न विभिन्न परियोजनाहरू भइरहेको छ ।
लामिन यामल र पाउ कुबार्सी जस्ता युवा खेलाडीहरूले १९ वर्षको उमेरमै विश्वकप विजेताको पदक जितेपछि स्पेनमा युवा खेलाडीहरूको भविष्य निकै उज्ज्वल रहेको पनि उनले बताइन् । उनले भनिन् कि २३ वर्षको उमेरमै फरवार्ड सलमा पारालुइलोले राष्ट्रका लागि ५० भन्दा बढी खेल खेलेपछि स्पेनमा महिला फुटबलको पनि भविष्य उज्ज्वल रहेको प्रमाणित गर्छ ।
स्पेनको उपलब्धि
महिला सिनियर – विश्वकप २०२३, नेसन्स लिग २०२४ र २०२५
अन्डर २० – विश्वकप २०२२
अन्डर १९– यूरोपियन च्याम्पियन्स (२०२२ देखि २०२६ सम्म ५ उपाधि)
अन्डर १७ – विश्वकप २०२२, युरोपियन च्याम्पियन्स २०२४
पुरुष सिनियर –विश्वकप २०२६, युरोपियन च्याम्पियन्स २०२४, नेसन्स लिग २०२३
अन्डर २३ – ओलम्पिक स्वर्ण पदक २०२४
अन्डर १९ – युरोपियन च्याम्पियन्स २०२६











प्रतिक्रिया