कुनै सेवा दिन र समस्या सुनाउन चाहनुहुन्छ ? एआई सहायकलाई सोध्नुस्

ललितपुर महानगर–३ को सफलता

658
Shares

ललितपुर ।

 ‘नमस्कार म ललितपुर महानगरपालिका वडा नं–३ को एआई सहायक हुँ । म तपाईंलाई के सहयोग गर्न सक्छु । अथवा तपाईं कुनै गुनासो दर्ता गर्न चाहनुहुन्छ ? यो भनाई कुनै रिसेप्सनिष्टको होइन । यो कृतिम बौद्धिकताको हो । ललितपुर महानगरपालिका –३ ले  गुनासो सुन्ने सहयोगीको रुपमा एआई प्रयोग गरेको छ । वडावासीको कुनै गुनासो भए आजैबाट २४ सै घण्टा एआई सहायकलाई दर्ता गराउन सक्नुहुन्छ । 

सम्भवतः नेपालमै पहिलो ललितपुर महानगरपालिका–३ ले गुनासो सुन्न बनाइएको आर्टिफिसियल इन्टलिजेन्स (एआई)  ले त्यस वडाको सबै गुनासो रेकर्ड गरेर राख्न सक्छ । रेकर्डको आधारमा वडाले कार्यान्वयन गर्नेछ ।  ‘तपाईँको समस्या मेरो समाधान’ यो भनाईलाई सार्थक बनाउन वडामा एआइको माध्यमबाट सेवा दिन र गुनासो सुन्न कृतिम बौदिकता तयार गरेको वडा अध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो । 

एआई सहायकको माध्यमबाट गुनासो सुन्न र समस्या समाधान गर्न वडाले नयाँ व्यवस्थाको शुरुवात गरेको हो–अध्यक्ष महर्जनले भन्नुभयो । अब वडामा धाएर कुनै गुनासो टिपाउनु पर्दैन , केही कुराको जानकारी लिन वडामा धाइरहनुपर्दैन । वडाको धर्म, संस्कार संस्कृति, शिक्षा, स्वास्थ्य, सम्पदा, पर्यटकीय क्षेत्र लगायतको बारेमा जानकारी लिन एआइलाई सोध्दा हुन्छ–अध्यक्ष महर्जनको भनाई थियो ।  वडाले तयार गरेको वडा नं–३ को परिचय पुस्तकमा उल्लेख भएका सबै विषय एआईमा रेकर्ड गरिएको छ । यो पुस्तकमा भएका सबै विषयमा जानकारी लिन, गुनासो टिपाउन सकिन्छ–अध्यक्ष महर्जनले भन्नुभयो

 वडावासी र स्थानीयबीचको सेवा बिस्तार गर्न एआई सहायकबाट सेवा शुरु भएको छ– एआई डेभलपर्स ब्ल्यु ओभलका प्रदीप श्रेष्ठले भन्नुभयो । ‘नागरिकता, घरबाटो, फोहोर व्यवस्थापन, सम्पदा र त्यसको अवस्था लगायत सयौँ सेवाको बारेमा एआई सहायकले जानकारी दिनेछ–श्रेष्ठलने भन्नुभयो । गुनासो जानकारी दिन र वडाले दिनेगरेको सेवा लगायत विषयमा जानकारी लिन ०१५९७००७५ मा टेलिफोन गर्नुपर्नेछ । नभए टेक्स वा भ्वाईसबाटपनि गुनासो र सेवाको बारेमा जानकारी लिन सकिन्छ । डभलपर्स श्रेष्ठले भन्नुभयो । 

 एआई सहायकलाई जानकारी टिपाउँदा आफ्नो परिचय र सम्पर्क नम्बर दिनुपर्नेछ । कार्यालय खुलेको समयमा वडाले रेस्पोन्स गरेर गुनासो भएमा तत्काल वडाको टीमले समस्या समाधान गर्नेछ । 

करिब एकमहिना लगाएर तयार गरेको प्रबिधि सम्भवतः स्थानीयतहको वडामध्ये ललितपुर महानगरपालिका –३ मा हुनसक्छ उहाँले भन्नुभयो ।  एआई सहायक च्याज जेपिटी जस्तै हो । तर यो ३ नम्बर वडाको बारेमामात्र जानकारी दिन तयार भएको हो–अध्यक्ष महर्जनले भन्नुभयो । आजबाट शुरु भएको छ । यस्ले २४ घण्टा सेवा दिने भएकोले सबैलाई गुनासो र जानकारी टिपाउन आग्रह गरेका छौ–वडा अध्यक्ष महर्जनले भन्नुभयो । वडाले तत्कालको लागि नेपाली र पछि विभिन्न भाषामा गुनासो सुन्ने र उत्तरदिने व्यवस्था गर्न लागेको वडाले जनाएको हो । 

 एआई सहायकले नागरिकता सिफारिस, घरबाटो, नक्सा, जथाभावी पार्किङनियन्त्रण, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, जेष्ठ नागरिक सेवा लगायतका दर्जनौँ विषयमा गुनासो गर्न र सेवा लिने विषयमा जानकारी लिन सकिने व्यवस्था छ । ११ हजार ३७६  जनसंख्या रहेको वडामा सबैले सेवा लिन सकिनेछ ।