
म्युजियम अर्थात् सङ्ग्रहालय भनेपछि सरकारी स्तरमा सञ्चालन भइरहेको छाउनीको र हनुमानढोकाको म्युजियम भनेर धेरैजसोले सम्झने गरेका छन् । तर काठमाडौंमा निजी स्तरबाट पनि म्युजियम सञ्चालन भइरहेको छ । पछिल्लो समयमा निजी स्तरबाट सञ्चालनमा आएको म्युजियम हो इटुंबहा म्युजियम ।
काठमाडौंको ऐतिहासिक पुरातात्विक सम्पदा क्षेत्र इटुम्बहालको श्रीभाष्करदेव संस्कारित केशचन्द्र कृति महाविहारमा स्थापना भएको छ यो इटुंबहा म्युजियम ।
इटुंबहा म्युजियम स्थापना भएको समयमा केही सम्पदा अभियन्ता भन्नेहरुले विरोध पनि गरेका थिए । तर पनि यो म्युजियम सञ्चालनमा आइछोड्यो । यस म्युजियममा ऐतिहासिक, पुरातात्विक, धार्मिक कलाकौशलले युक्त वस्तुहरु प्रदर्शनमा राखिएका छन् । यसको स्वदेशी र विदेशी सबैले अवलोकान गर्न सकिन्छ । प्रवेश शुल्क भने स्वदेशी र विदेशीहरुका लागि छुट्टाछुट्टै दरले लिने गरिएको छ । यस म्युजियममा ऐतिहासिक एवं पुरातात्विक महत्वका कलाकौशलले युक्त सम्पदाहरुको बारेमा जानकारी पाउन सकिन्छ ।
यति हुँदा पनि इटुंबहा म्युजियम प्रचार–प्रसारको कमीको कारणले ओझेलमा परेको छ भन्दा फरक नपर्ला । यस इटुंबहा म्युजियमको बारेमा आम नागरिकसम्म जानकारी पु¥याउन सकिरहेको देखिँदैन । यद्यपि इटुंबहालको आसपास क्षेत्रका कतिपय नागरिकले समेत यहाँ पनि ऐतिहासिक म्युजियम छ भन्ने थाहा नपाएको देखिन्छ ।
यति हुँदा पनि इटुंबहा म्युजियम प्रचार–प्रसारको कमीको कारणले ओझेलमा परेको छ भन्दा फरक नपर्ला । यस इटुंबहा म्युजियमको बारेमा आम नागरिकसम्म जानकारी पु¥याउन सकिरहेको देखिँदैन । यद्यपि इटुंबहालको आसपास क्षेत्रका कतिपय नागरिकले समेत यहाँ पनि ऐतिहासिक म्युजियम छ भन्ने थाहा नपाएको देखिन्छ । बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने त नेपाली समाजमा उखान नै छ नि । इटुंबहा म्युिजयमका बारेमा पनि यस्तै भइरहेको छ ।
काठमाडौंको पुरानो शहर त्यसै ऐतिहासिक एवं पुरातात्विक महत्वको कलाकौशलले भरिएको हुन्छ । श्रीभाष्करदेव संस्कारित केशचन्द्र कृत महाविहारमा स्थापना भएको यो इटुंबहा म्युजियममा ५ सय ५० वर्ष पुरानो ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वका तीनवटा पौभा प्रदर्शनमा राखिएको छ । त्यसो त इटुंबहाल सम्पदा क्षेत्र हो, जहाँ पौभाहरु, चैत्यहरुले भरिपूर्ण छ । यहाँ बाकु ननी, ससननी ,ताहाननी, ताराननीजस्ता विहारहरु पनि रहेका छन् । ताराननीमा रहेको द्य तारादेवीको दर्शनार्थ थुप्रै स्वदेशी, विदशी खाखगरी बौद्ध धर्मावलम्बीहरु आउने गर्छन् । बौद्ध धर्मावलम्बीहरुको लागि ताराननी चर्चित छन् ।
ऐतिहासिक, पुरातात्विक सम्पदाहरु र बहा, बही, ननी, चिभा, चैत्यहरु भएको इटुम्बहाललाई पर्यटकीय स्थलकै रुपमा विकास गर्न सकिन्छ तर यहाँका स्थानीयहरुको भने यसप्रति चासो नपुगेको देखिन्छ । अहिले सम्पदा स्थल इटुम्बहाल अस्तव्यस्त छ भन्दा पनि फरक नपर्ला । यो सम्पदा स्थलमा सवारीसाधनहरुको पार्किङ अस्तव्यस्त देखिन्छ । पसलको बाहिर बाटोमा चिया पसलेहरुले पसल राख्ने गरिरहेका छन् भने बाटोमा खाल्डाखुल्डीहरु छन् । त्यसैले ऐतिहासिक महत्वको सम्पदा क्षेत्र इटुम्बहाल कुरुपजस्तै बनेको छ । यसप्रति न इटुम्बहालका स्थानीयवासीको नै चासो छ, न वडाको नै चासो छ । सम्पदा अभियन्ता भनिनेहरुको समेत चासो नभएको देखिन्छ । यसप्रति सबैको चासो हुनु जरुरी छ ।











प्रतिक्रिया