धुन्चे, रसुवा।
मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै रसुवा जिल्लाका मुख्य सडक खण्डहरूमा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै सडक सुरक्षाका लागि यस्तो निर्णय गरेको हो।जिल्ला सुरक्षा समितिको साउन ४ गतेको निर्णयअनुसार सोही दिनदेखि अर्को सूचना प्रकाश नभएसम्मका लागि प्रत्येक दिन साँझ ०७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सवारी साधन चलाउन पाइने छैन।
बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड
पासाङ ल्हामु राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्मको सडक खण्ड
जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सवारी साधनहरूलाई भने यो रोक लागू हुने छैन।
भिरालो धरातल, कमजोर चट्टान र माटोका कारण सडक कटान तथा पहिरोको उच्च जोखिम रहेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न सम्पूर्ण यातायात व्यवसायी र सर्वसाधारणलाई यो नियम पालना गर्न अनुरोध गरिएको छ।












प्रतिक्रिया