मनसुनी विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन सबै सरकारी निकायलाई निर्देशन
काठमाडौँ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा आज बसेको सचिवस्तरीय बैठकले मनसुनजन्य विपद् व्यवस्थापनको तयारी अवस्थामा रहने निर्णय गरेको छ । मनसुनजन्य विपद् वा महामारी जस्ता सङ्कटको प्रभावकारी व्यवस्थापन गर्न सबै सरकारी निकाय तथा सुरक्षा संयन्त्र तयारी अवस्थामा रहने बैठकले निर्णय गरेको हो ।
“विपद्को समयमा जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाइहरूबीच समन्वयात्मक रूपमा गरिने छ”, निर्णयमा भनिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिम हुनसक्ने भएको सोको न्यूनीकरण गर्न विपद् प्रतिकार्य तथा पूर्वतयारीलाई तीव्र बनाइएको जनाएको छ ।











प्रतिक्रिया