जदौ हजुरमार्फत जदौको सांगीतिक झल्को


आगामी असोज ९ गते रिलिजमा आउने फिल्म जदौको शीर्ष गीत जदौ हजुर हालै राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट दर्शकमाझ ल्याइएको डान्सिङ बिटमा आधारित गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापालगायतका कलाकार फिचर्ड छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

कार्यक्रममा गायक राजनराज शिवाकोटी र गायिका रचना रिमालले बदाम खजुर, दर्शन सलाम ढोग दिया जदौ हजुर बोलका गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा राजनराजले गीतकार, संगीतकार र गायकका रूपमा परिचित भए पनि यस गीतमा भने आफूले पहिलोपटक केवल गायकका रूपमा स्वर दिएको बताए। गायिका रचनाले पनि राजनराजसंग पहिलो पटक पाश्र्वगायन गर्ने अवसर पाएको उल्लेख गरिन्।

कार्यक्रममा अभिनेत्री नीति शाहले जदौ अहिले प्रदर्शनमा आइरहेका फिल्मभन्दा फरक र यथार्थपरक कथामा निर्माण भएकाले दर्शकले रुचाउने विश्वास व्यक्त गरिन्। अभिनेता मुकुन भुसालले फिल्ममा आफूलाई वास्तविक पात्रका रूपमा प्रस्तुत गरेको बताए भने अभिनेता प्रभातपाल ठकुरीले यो फिल्म आप्mनो करिअरका लागि निकै महत्वपूर्ण रहेको दाबी गरे। यही फिल्मबाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री राजश्री थापाले आप्mनो पहिलो प्रयास दर्शकले मन पराउने अपेक्षा व्यक्त गरिन्।

निर्देशक अन्जन शर्माले उत्कृष्ट फिल्म निर्माणका लागि कुनै कसर बाँकी नराखेको दाबी गरे। लेखकसमेत रहेका सहनिर्देशक काजी लिम्बूले फिल्मले मनोरञ्जनसंगै समाजोपयोगी सन्देश पनि दिने दाबी गरे। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म समीश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिस“गको सहकार्यमा निर्माण गरेको हो। फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायतका कलाकारको अभिनय रहेको छ।
श्याम तामाङ र नवराज उप्रेतीको छाया“कन रहेको फिल्मका सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन्। सिर्जना शर्मा र मनिष शर्मा निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्म एनजिसिएन ग्रुपले देशव्यापी वितरण गर्नेछ।