लोकप्रिय हास्य कलाकार तथा गायक किरण केसी (राता मकै) ले आफ्नो ६८औं जन्मदिनको अवसरमा विभिन्न कलाकर्मी तथा पत्रकारलाई सम्मान गरेका छन्। हरेक वर्ष जन्मदिनको अवसर पारेर भव्य कार्यक्रम गरी कलाकर्मी र पत्रकारलाई सम्मान गर्दै आएका कलाकार केसीले यसपटक थोरै सहभागीका बीच कार्यक्रम गरी सम्मान गरेका हुन्।
स्व. हजुरबुबा बडाहाकिम भोजराज केसी, स्व. हजुरआमा हृदयकुमारी केसी, स्व. बुबा लेप्mटिनेन्ट कर्णेल दुर्गा बहादुर केसी र स्व. आमा इन्द्रकुमारी केसीको सम्झनामा हालै नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलको बिइभी लाउन्जमा आयोजित समारोहमा आप्mना सांगीतिक गुरु शास्त्रीय संगीतका लोकप्रिय गायक, संगीतकार तथा संगीत संयोजक ९० वर्षीय रत्न बेहोशी बज्राचार्यलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरे।
त्यसैगरी पत्रकार तुलसी गिरी भावुक र हास्य कलाकार उज्जु डार्लिङ उज्वल भण्डारीलाई जनही नगद १० हजार रुपैयाँका साथमा दोसल्ला ओढाएर सम्मान गरे। कलाकार उज्वल भण्डारी अमेरिकामा रहेकाले सो सम्मान उनकी धर्मपत्नीले ग्रहण गरेकी थिइन्। सोही अवसरमा लोकप्रिय दृष्टीविहीन गायक तथा द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता प्रोसेस पाण्डेलाई नगद ५ हजार रुपैया“सहित सम्मान गरे।
किरणले १३ वर्षदेखि आप्mनै क्षेत्रमा योगदान गर्ने कलाकार तथा पत्रकारलाई नगदसहित सम्मान गर्दै आएको बताए। ‘मैले मेरो जन्मदिन आप्mनै परिवारका साथ एउटा कोठामा मनाउन पनि सक्थे“, तर पनि आप्mनै क्षेत्रका व्यक्तिहरूका साथ खुसी बाँडेर मनाउने निधो गर्दै कार्यक्रम गर्दै आएको थिए“। तर यसपटक कारणवश पहिलेजस्तो भव्य कार्यक्रम आयोजना गर्न नसके पनि सम्मानको परम्परलाई निरन्तरता दिएको हुँ किरणले भने ‘आगामी वर्षबाट पहिलेभन्दा पनि भव्य कार्यक्रम गरी यसलाई निरन्तरता दिनेछु।’











प्रतिक्रिया