काठमाडौं ।
नेपालमा जेएसडब्लू एमजी (JSW MG) गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरमा प्रशिक्षित प्राविधिकमार्फत एमजी गाडीको मर्मत तथा सर्भिस, Genuine MG स्पेयर पार्ट्सको उपलब्धता तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित बिक्रीपछिको सेवा (After-sales Service) प्रदान गरिनेछ।
सर्भिस सेन्टर सञ्चालनमा आएको अवसरमा कम्पनीले जुलाई २२ देखि २९ सम्म सात दिने ‘ग्रान्ड ओपनिङ सर्भिस क्याम्प’ आयोजना गर्ने जनाएको छ। क्याम्पमार्फत एमजीका नयाँ तथा पुराना ग्राहकलाई आधुनिक सेवा सुविधाको अनुभव गराउनुका साथै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ।
कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले समर्पित एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु ग्राहकप्रतिको प्रतिबद्धताको महत्वपूर्ण कदम भएको बताए। उत्कृष्ट बिक्रीपछिको सेवा नै सन्तोषजनक स्वामित्व अनुभवको आधार रहेको उल्लेख गर्दै उनले नयाँ सर्भिस सेन्टरमार्फत देशभरका एमजी ग्राहकलाई थप भरपर्दो, गुणस्तरीय र सहज सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए।
कम्पनीले सम्पूर्ण एमजी ग्राहकलाई जुलाई २२ देखि २९ सम्म सञ्चालन हुने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी हुन आग्रह गरेको छ। सर्भिस बुकिङका लागि ९८०१२२१८८२ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।











प्रतिक्रिया