काठमाडौँ।
मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २ सय ९८ पुस्तकमध्ये १० किताब छनोट गरेको जानकारी गराएका हुन् । १० कृतिमध्ये एक कृतिलाई यसवर्षको मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ । छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास रहेकाे हाे ।
त्यस्तै, वीणा जोशीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद पनि १० कृतिभित्र परेका छन् ।











प्रतिक्रिया