काठमाडौं ।
उदयपुरकी सरिता कार्कीले आफू ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगीको सिकार भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पाँच वर्षअघि काठमाडौंको तार्केश्वर–काभ्रेस्थलीमा ४ आना जग्गा खरिदका लागि ५४ लाख रुपैयाँ बैना बुझाए पनि जग्गा नामसारी नभएको र विक्रेता उमामाया तामाङ फरार भएको बताइन्।
कार्कीका अनुसार अदालतले घरजग्गा रोक्का गर्ने आदेश दिएको भए पनि पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, च्याउँकीमाया तामाङ र ज्योति विकास बैंकको मिलेमतोमा लिलाम प्रक्रिया अघि बढाइएको आरोप छ। उनले घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छन्।











प्रतिक्रिया