मध्यविन्दु प्रादेशिक अस्पतालमा  आइसियु सेवा प्रारम्भ

0
Shares

नवलपरासी ।

जिल्लाकाे मध्ये भागमा रहेर बिरामीहरूका लागि स्वास्थ्य सेवा दिदै आएकाे मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाले शुक्रबारबाट आईसियु सहितकाे सेवा प्रारम्भ गरकाे छ ।


अस्पतालकाे नवनिर्मित भवनमा प्रारम्भ आइसियु,एनआइसियु,एसएनसियु तथा १० वेडकाे ३ वटा सल्यक्रिया कक्षकाे अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले रिवन काटेर उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेशमै सबै भन्दा बढी मृगौला राेगका बिरामीहरूका लागि डायलासिस सेवा दिदै आएकाे मध्यविन्दु प्रादेशिक अस्पतालले पछिल्लो समय नयाँ भवनबाटै ब्लडबैंक सहित ओपिडी,ईमर्जेन्सी,फार्मेसी,एक्सरे,युएसजी,ईएनटी,साईक्याट्रिक सेवा दिदै आएकाे छ ।

स्थानीय आवश्यकता अनुसार हरेक बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन जनस्तरबाट २०६४ सालमा स्थापना भएकाे १५ सैयाकाे मध्यविन्दु अस्पताल कालन्तरमा जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पतालमा रूपान्तर भएकाे हाे ।

सुरूवाती दिनमा टिनले छाएकाे स सानाे टहराेबाट सेवारम्भ गरेकाे मध्यविन्दु अस्पतालले बिरामीहरूकाे अत्यधिक चापका कारण ८० सैयामा विशेषज्ञ सहितकाे चिकित्सकीय सेवा दिदै आएकाे थियाे ।
अस्पतालमा सघन उपचार कक्ष नहुँदा जटिल प्रकारका बिरामीलाई थप उपचारका लागि चितवन तथा रूपन्देही तर्फका अस्पताल तर्फ पठाउनु पर्ने अवस्था रहन्थ्याे ।

पूर्वपश्चिम राजमार्गकाे उत्तरी किनारामा झण्डै १५ बिगाहा जमिनमा फैलिएर रहेकाे यस अस्पताललाई समयकाे माग संगै २०८१ सालमा गण्डकी प्रदेश सरकारले मन्त्री परिषदकाे निर्णय द्वारा मध्यविन्दु प्रादेशिक अस्पताल नाम करण गरेकाे  हाे ।
जसलाई गण्डकी प्रदेश सरकारकै २०८२ जेेठ १२ गतेकाे निर्णयबाट १ सय सैयाकाे सैद्धान्तिक स्वीकृति प्रदान गर्दै सरकारी अस्पतालमा स्तराेन्नती गरेकाे थियाे ।

अस्पतालकाे स्तराेन्नतीसंगै सर्व पक्षीय सहयाेगमा  नयाँ भवनबाट सबै प्रकारका विशेषज्ञ स्वास्थ्य सेवा हुदै आएकाे अस्पतालका सुपरिटेन्डेन्ट डा. रमेश आचार्यले बताए ।