काठमाडौं ।
इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा उनीहरूले ड्युटी समय श्रम ऐन, २०७४ अनुसार सीमित गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारी चिकित्सकहरूले दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी काममा नखटाउन, हप्तामा एक दिन अनिवार्य बिदा दिन तथा ४८ घण्टाभन्दा बढी काम गराएमा ओभरटाइम भत्ता उपलब्ध गराउन माग गरेका छन्।
त्यस्तै, आवासीय चिकित्सकलाई अधिकृत आठौँ तह सरहको बढेको तलब लागू गर्न, एमबीबीएस/बीडीएसपछि एमडी, एमएस र एमडीएस अध्ययनका लागि राखिएको एक वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान हटाउन पनि उनीहरूले माग गरेका छन्।











प्रतिक्रिया