बागमती सरकारबाट एमाले बाहिरिने, ६ मन्त्रीको सामूहिक राजीनामा


काठमाडौं ।

नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै आफ्ना ६ जना मन्त्रीको सामूहिक राजीनामा दिने तयारी गरेको छ।

एमाले संसदीय दलको कार्यालयमार्फत इमेलबाट राजीनामा बुझाइने जनाइएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा सीमित गरेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

एमालेका मन्त्रीहरूले यसअघि पनि राजीनामाको तयारी गरेका थिए, तर पार्टी केन्द्रको निर्देशनपछि रोकिएको थियो।