काठमाडौं ।
बैंकर तथा लेखक डा. बुद्धि मल्लको दोस्रो पुस्तक ‘सपना सकार हुन्छन्’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।
शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको विमोचन समारोह शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको अध्यक्षता तथा नेपाल व्यवस्थापन संघका अध्यक्ष डा. हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। वरिष्ठ पत्रकार तथा लेखक रोहित भण्डारी र मोटिभेटर एवं लेखक तुलसी निरौलाले पुस्तकमाथि समीक्षा गरेका थिए।
४९ वटा प्रेरणादायी लेख समेटिएको पुस्तकमा नेतृत्व, सकारात्मक सोच, अवसरको पहिचान, समस्या समाधान, दाम्पत्य जीवनलगायत विविध विषय समावेश छन्। लेखकका अनुसार पुस्तकले पाठकमा सकारात्मक सोच, आत्मविश्वास र आशा जगाउन सहयोग गर्ने विश्वास लिइएको छ।











प्रतिक्रिया