बीपी स्मृति दिवसमा जलवायु सचेतना कार्यक्रम आयोजना गर्ने


काठमाडौं ।

नेपाली कांग्रेसले संस्थापन नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार ६ साउनमा ‘जलवायु जनचेतना जगाऔं’ नारासहित ललितपुरको यूएन पार्कदेखि जावलाखेलसम्म ५ किलोमिटर दौड प्रतियोगिता हुनेछ।

त्यसपछि जावलाखेल चोकमा ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी’ विषयमा प्यानल छलफल तथा जलवायु परिवर्तनका विषयमा आधारित लाइभ पेन्टिङ कार्यक्रम सञ्चालन गरिनेछ।