उदयपुर ।
उदयपुर जिल्ला अदातलतले अदालतमा दर्ता भएका मुद्दाहरुमा मेलमिलापका आधारमा मुद्दा फछ्यौट गर्ने पद्दतीलाई प्राथमिकतामा राखेर मुद्दा किनारा लाउने गरेको छ ।
बिहीबार उदयपुर जिल्ला अदालतमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायाधीश मुकेश उपाध्यायले अदालतमा दर्ता भएका मुद्दाहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रयासलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भयो ।
उदयपुरका ४ नगरपालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा न्यायिक समितिमा दर्ता स्थानीयका मुद्दाका बारेमा पनि स्थानीय तह मै गएर अनुगमन तथा छलफल गरिएको छ । पालिका मध्ये उदयपुरको लिमचुङबुङ गाउँपालिकाको न्यायिक समितिमा जम्मा तीन थानमात्र निवेदन परेको तर नगरपालिकहरुमा भने निवेदनहरु बढी परेको पाइएकोले मेलमिलापको पद्धती अनुसार प्राथमिकतामा राखेर दर्ता भएका मुद्दाहरु फर्छैट गर्न स्थानीय तहलाई राय सुझाव दिइएको जिल्ला न्यायाधीस उपाध्यायले बताउनु भयो ।
अदालतको तहसिल शाखाका अनुसार आर्थिक वर्ष २०८२।०८३मा जिम्मेवारी सरेर आएको मुद्दा ७६७ थान अनुमानित वार्षिक मुद्दा दर्ता लगत १७३९ रहेकोमा १७२० थान दर्ता भएकोमा मुद्दाको कुल लगत २४८७ थान रहेको, फछ्र्योट लक्ष्य १६२९ रहेकामा १६६७ थान मुद्दा फछ्र्यौट भै आ. ब २०८३। ०८४कालागि ८२० थान मुद्दा जिम्मेवारी सरी आएको छ ।
लक्ष्यको तुलनामा १०२.३३ प्रतिशत र लगतको आधारमा ६७.०२ प्रतिशत मुद्दा फछेयौट भएको जानकारी दिंदै न्यायाधीश उपाध्यायले २ वर्ष नाघेका मुद्दाहरुको संख्या शून्यमा झारिएको छ भने १८ महिना नाघेका मुद्दाहरुको संख्या ६ थान मात्र रहेको बताउनु भयो ।
आर्थिक वर्ष २०८१। ०८२मा जिम्मेवारी सरी आएको मुद्दा ६८१ थान, अनुमानित वार्षिक दर्ता लक्ष्य लगत १५९२ रहेकोमा १६८१ थान दर्ता भएको, कुल मुद्दाको लगत २३६२ थियो । यस मध्ये १४७७ थान फछ्र्यौट गर्ने लक्ष्य रहेकामा १५९५ थान फछ्र्यौट भएर ७६७ थान मुद्दा बाँकी रहेको थियो । आर्थिक वर्ष २०८१।०८२मा लगतको आधारमा फछ्र्यौट प्रतिशत ६७.५२ रह्यो भने २ वर्ष नाघेका मुद्दा शुन्यमा रहेको थियो । १८ महिना नाघेका मुद्दा ८ थान बाँकी रहेको थियो ।
अदालतको तहसिल शाखाले दिएको जानकारी अनुसार जिम्मेवारी सरी आएको फैसला कार्यान्वयनको निवेदन तर्फ लगत ४६२ थान रहेकामा ३३५ थान फछ्र्यौट भएको छ । १२७ थान मुद्दा फैसला कार्यान्वयनमा बाँकी रहेको मा ६ महिना नाघेका ४८ थान रहेको र प्रतिशतका आधारमा ७२.५ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।
तहसिल शाखाका अनुसार जिम्मेवारीसरी आएको कैद तथा जरिवानातर्फ कैदमा २ हजार ७ सय ३९ वर्ष ११ महिना ६ दिन रहेकोमा ४सय ९२ वर्ष १४ दिन फछ्र्यौट भै २हजार २सय ४७ वर्ष १० महिना २२ दिन बाँकी रहेको र यो प्रतिशतका आधारमा १८ प्रतिशत हो ।
यसैगरी जरिवानातर्फ जिम्मेवारी सरी आएकोसमेत कसुर पीडितलाई क्षतिपूर्ति भराउनु पर्ने संख्या लगत १ करोड २८ लाख ९ हजार २५१ रहेकामा २७ लाख ४४ हजार ९३० क्षतीपूर्ति भराई फछ्र्यौट भएको छ भने १ करोड ६४ हजार ३२१ रुपैया क्षतीपूर्ति भराउन बाँकी रहेको छ प्रतिशतका आधारमा २१.४ प्रतिशत क्षतिपूर्ति भराइएको छ ।
आर्थिक वर्ष २०८२।०८३मा फैसला कार्यान्वयनका निवेदनहरुमा ३सय ५१ थान निवेदन दर्ता भएकामा २सय२८ थान फछ्र्यौट भएको र १२३ बाँकी रहेकामा ६ महिना नाघेका ४२ थान मुद्दा रहेको छ । मुद्दा फछ्र्यौट ६५ प्रतिशत भएको छ ।
आ.ब. ०८२।०८३मा फैसला कार्यान्वयनतर्फको कैदमा लगत ५ सय ११ वर्ष १४ दिन रहेकामा फछेर्यौट ४सय ५१ वर्ष ४ महिना २३ दिन भै बाँकी ५९ वर्ष ७ महिना २१ दिन रहेको र ८८ प्रतिशत निवेदनको फैसला कार्यान्यवन भएको तहसिल शाखाले जनाएको छ ।
जरिवानातर्फ १९ करोड ४३ लाख १९७ रुपैया असुल गर्नु पर्नेमा १८ करोड, ५२ लाख ,६५ हजार ६११ रुपैया असुल उपर गरी फछ्रर्यौट भएको छ भने ९० लाख ३४ हजार ५८६ रुपैया असुल उपर गर्न बाँकी रहेको छ । ९३.३ प्रतिशत जरिवाना असुल उपर भएको तहसिल शाखाले जनाएको छ । आ.ब ०८२।०८३ मा पीडितलाई क्षतीपूर्ति भराउनु पर्ने लगतमा ४९ लाख ८१ हजार७सय७० रहेकामा ५ लाख १ हजार २०० फछ्र्यौट भै ४४ लाख ८० हजार ५७० बाँकी रहेको छ र १० प्रतिशत क्षतीपूर्ति पीडितलाई भराइएकोे तहसिल शाखाले जनाएको छ ।











प्रतिक्रिया