गायक युवराज चौलागाईं अमेरिकाको न्यु जर्सीस्थित जर्सी सिटी काउन्सिलबाट सम्मानित भएका छन्। नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै काउन्सिलले उनलाई हालै सम्मान प्रदान गरेको हो।
जर्सी सिटी हलमा आयोजित समारोहमा जर्सी सिटीका मेयरद्वारा नियुक्त विविधता तथा समावेशीकरण सल्लाहकार एवं न्यू जर्सीका गभर्नरको एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसनकी कमिस्नर डा. विष्णुमाया परियारले पाश्र्वगायक, संगीतकार तथा कलाकार चौलागाईंलाई सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्। काउन्सिलम्यान–एट–लार्ज रोलान्डो लभारोद्वारा हस्ताक्षर गरिएको सम्मानपत्रमा चौलागाईंले २ दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरिएको छ।
फिल्म र आधुनिक संगीत विधामा ४ सयभन्दा बढी गीतमा स्वर दिएका उनले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
सम्मानपत्रमा चौलागाईंलाई केवल गायकका रूपमा नभई नेपाली सांगीतिक पहिचानलाई विश्वमञ्चमा पु¥याउने, नया“ पुस्ताका कलाकारलाई प्रेरणा दिने तथा नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वका रूपमा चित्रण गरिएको छ। यो सम्मान न्युयोर्कबाट प्रकाशित हुने सञ्चारमाध्यम नेपयोर्कको चौथो वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो।
सम्मानपत्रमा चौलागाईंको कलात्मकता, सांस्कृतिक प्रतिबद्धता र मञ्च प्रस्तुतिले प्रवासी नेपाली युवापुस्तामाझ समेत प्रेरणाको स्रोत बनेको उल्लेख गरिएको छ।
चौलागाईंले यू फिल, सा“झपख, यश, लैजा चरी, शब्दजस्ता एल्बममार्फत सांगीतिक यात्रा अघि बढाएका हुन्। टुङ्नाको धुनमाको पुनःगायनबाट उनले थप चर्चा बटुलेका थिए। फिल्मी संगीतमा पनि चौलागाईंले उल्लेखनीय सफलता हासिल गरेका छन्।











प्रतिक्रिया