काठमाडौं ।
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सुर्खेत र दाङका दुई विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले वीरेन्द्रनगर–८, सुर्खेतस्थित श्री सिद्ध बहिरा बालकको स्कुलका ११५ जना फरक क्षमता भएका विद्यार्थीका लागि ११५ थान विद्यालय पोशाक उपलब्ध गराएको जनाएको छ। आषाढ २९ गते आयोजित कार्यक्रममा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालयका प्रधानाध्यापक चिन्तामणि कडेललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
यस्तै, आषाढ ३० गते दाङको घोराही उपमहानगरपालिका–१८ स्थित श्री आधारभूत विद्यालय गिठेपानीमा आयोजित कार्यक्रममा बैंकका घोराही सर्कल हेड विनोद प्रसाद जैसीले विद्यालयका प्रधानाध्यापक गिरी प्रसाद भट्टराईलाई विद्यार्थीका लागि विद्यालय पोशाक, झोला तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। उक्त विद्यालयमा २७७ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैंकका अनुसार सुर्खेतस्थित श्री सिद्ध बहिरा बालकको स्कुलका फरक क्षमता भएका विद्यार्थीको पठनपाठनलाई सहज बनाउन र दाङस्थित श्री आधारभूत विद्यालय गिठेपानीमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको हो।











प्रतिक्रिया