‘भू-स्वर्ग’ बडीमालिकातर्फ बढ्दै आन्तरिक पर्यटकको आकर्षण

जनैपूर्णिमाको मेलामा मात्र सीमित यात्रा अब वर्षभरि, दैनिक दर्जनौँ पर्यटक पुग्न थाले

0
Shares

बाजुरा। 

  एक समय जनैपूर्णिमाको अवसरमा मात्र तीर्थयात्री र भक्तजनको भीड लाग्ने बाजुराको सुप्रसिद्ध बडीमालिका क्षेत्र पछिल्ला वर्षहरूमा वर्षभरि नै आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ। धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य, २२ पाटनका रंगीचंगी फूल, दुर्लभ जडीबुटी, चराचुरुङ्गी तथा त्रिवेणी धामको आध्यात्मिक महत्त्वले अहिले बडीमालिका नेपालकै प्रमुख पर्वतीय धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी असारदेखि कात्तिकसम्म मौसम अनुकूल हुने भएकाले दैनिक रूपमा दर्जनौँ पर्यटक बडीमालिकाको यात्रा गरिरहेका छन्। स्थानीय पर्यटन व्यवसायीका अनुसार पछिल्लो समय काठमाडौँ, भक्तपुर, पोखरा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायतका विभिन्न स्थानबाट समूह बनाएर पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेको छ।

‘स्विट्जरल्यान्डभन्दा कम लागेन’

काठमाडौँबाट बडीमालिका भ्रमणमा आएका पत्रकार तथा आन्तरिक पर्यटक नरेश फुयाँलले आफूले स्विट्जरल्यान्ड लगायत विश्वका सुन्दर गन्तव्यहरूको भ्रमण गरे पनि बडीमालिकाको प्राकृतिक सौन्दर्यले आफूलाई अत्यन्तै प्रभावित बनाएको बताए। उनले “मैले स्विट्जरल्यान्ड पनि घुमेको छु। तर बडीमालिकाको प्राकृतिक सौन्दर्य, विशाल घाँसे पाटन, हिमाली दृश्य र धार्मिक वातावरण साँच्चै अलौकिक लाग्यो। यसको उचित प्रचार–प्रसार र पूर्वाधार विकास गर्न सके नेपालकै उत्कृष्ट धार्मिक तथा प्राकृतिक पर्यटन केन्द्र बन्न सक्छ।”

 आइतबार बिहान  १८ जनाको टोली काठमाडौँबाट बस रिजर्भ गरेर भक्तपुर–टोखाका नरेन्द्र पौडेल ९ जना महिलासहित १८ सदस्यीय टोली लिएर काठमाडौँबाट बस रिजर्भ गरी बडीमालिका दर्शनका लागि बाजुरा पुगेका छन्। मार्तडी आइपुगेपछि उनले भने, “भू स्वर्ग भनेर सुनेका थियौँ। यहाँ आएपछि त्यो अनुभूति प्रत्यक्ष भयो। जीवनमा एकपटक अवश्य आउनुपर्ने पवित्र भूमि रहेछ।” उनका अनुसार धार्मिक यात्रासँगै प्राकृतिक सौन्दर्यको अनुपम अनुभव बडीमालिकाको सबैभन्दा ठूलो विशेषता हो।

  पौराणिक महत्त्वले अझ पवित्र हिन्दू धार्मिक मान्यताअनुसार सतीदेवीको बायाँ अङ्ग मल्लीका गिरि (बडीमालिका) क्षेत्रमा पतन भएपछि यो क्षेत्र शक्तिपीठका रूपमा प्रसिद्ध भएको विश्वास गरिन्छ। त्यसयता हजारौँ वर्षदेखि यहाँ देवी बडीमालिकाको पूजा–आराधना हुँदै आएको स्थानीय जनविश्वास छ।बडीमालिका मन्दिरका पुजारी भानुभक्त उपाध्यायका अनुसार,“यो केवल धार्मिक स्थल मात्र होइन, आस्था, प्रकृति र संस्कृतिको संगम हो। यहाँ आउने भक्तजनको संख्या वर्षेनी बढिरहेको छ।”२२ पाटन र त्रिवेणीको अनुपम सौन्दर्य मार्तडीबाट यात्रा सुरु गरी सोतापाटन, २२ पाटन हुँदै त्रिवेणीमा स्नान तथा पूजा गरी करिब १४ हजार फिटको उचाइमा अवस्थित बडीमालिका मन्दिर पुग्ने परम्परा रहिआएको छ। दर्शनपछि धेरै भक्तजन त्रिवेणी नगरपालिका अन्तर्गतको नाटेश्वरी मन्दिरको दर्शन गरेर यात्रा सम्पन्न गर्ने चलन छ।

बडीमालिका क्षेत्रका विशाल हरिया पाटन, सयौँ प्रजातिका जंगली फूल, दुर्लभ जडीबुटी, हिमाली वनस्पति तथा मनोरम हिमश्रृङ्खलाले यात्रुलाई मोहित बनाउने गरेका छन्। सरकारी पूजा परम्परा अझै कायम छ । प्त्यक वर्ष गंगा दसहरामा नेपाली  सेनाको टोली पूजा गर्छ भनेभाद्रसुक्ल त्रयोदशी देखि लाग्ने बडिमालिकामेलाका लागि डोटी र जुम्लाबाट १५ दिन अगाडी  प्रत्येक वर्ष सरकारी पूजा टोली तथा पेटारोसहित बडीमालिकामा विशेष पूजा गर्ने परम्परा अझै कायम रहेको छ। भने विगत केही वर्ष यता जिल्ला प्रशासन कायाृलय बाजुरा र जिल्ला प्रशासन कायाृलय कैलाली बाट पनि आवस्यक पेटारो सहति सरकारी टोली मालिका प्रस्थान गर्ने चलन चलाएको छ । जनैपूर्णिमाको अवसरमा हजारौँ भक्तजन यहाँ पुग्ने परम्परा पुरानै भए पनि अहिले भने वर्षको अधिकांश समय पर्यटक र तीर्थयात्री आउने क्रम बढेको छ।

पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान हुन थालेको छ । स्थानीय पर्यटन व्यवसायी एबं दृष्टी होटेलका सञ्चालक  दीर्घराज उपाध्यायका अनुसार पछिल्ला वर्षहरूमा बडीमालिकाको पर्यटनले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ। उनले भने,“पहिले जनैपूर्णिमामा मात्र चहलपहल हुन्थ्यो। अहिले वर्षको अधिकांश समय पर्यटक आउँछन्। होटल, घोडा सेवा,  हल्का सवारी साधान जीप बाइकसाईकील पठाव र भरिया,ले काम पाएका छन् ।  स्थानीय कृषि उत्पादन र यातायात व्यवसाय सबैले प्रत्यक्ष लाभ पाएका छन्।”

स्थानीयका अनुसार मार्तडीबाट दैनिक दर्जनौँ आन्तरिक पर्यटक बडीमालिका क्षेत्रतर्फ जाने गरेका छन् भने होटल, यातायात, भरिया तथा घोडा सेवामार्फत स्थानीय युवाले रोजगारीसमेत पाउन थालेका छन्। वडिमालिकाको जति प्रचार भएको छ त्यति ब्यस्थापन भने हुन सकेको छैन । पूर्वाधार अझै कमजोर  पर्यटकको संख्या बढ्दै गए पनि पूर्वाधार भने अझै पर्याप्त छैन। मार्तडीदेखि भित्ता–चिन्ना क्षेत्रसम्म सडक स्तरोन्नति, त्रिवेणी र बडीमालिका क्षेत्रमा सुरक्षित आवास, धर्मशाला, खानेपानी, सार्वजनिक शौचालय, विश्रामस्थल, स्वास्थ्य सहायता केन्द्र तथा सूचना केन्द्रको अभाव रहेको स्थानीयको गुनासो छ। पर्यटन व्यवसायीहरूका अनुसार संघ, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय तहले समन्वय गरेर आवश्यक पूर्वाधार निर्माण गर्न सके बडीमालिका अन्तर्राष्ट्रिय धार्मिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा विकास हुन सक्ने पर्याप्त सम्भावना रहेको छ।