कालिकोट।
अविरल वर्षापछि आएको पहिरोले पानी घट्टभित्र पुरिँदा सान्नि त्रिवेणी गाउँपालिका–६ धामिगाउँका ४६ वर्षीय मन्दीर साँवद र ७६ वर्षीय लालबहादुर साँवदकोे मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार समोबार विहान करिब ६ः०० बजे काप्रिखोलामा घट्ट पिस्न गई घट्टमा बसिरहेको अबस्थामा घट्ट माथिबाट अन्दाजी २५ मिटर पहिरो आई पहिरोमा पुरिएर दुबैजनाको घटनास्थलमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रिका अनुसार प्रहरी चौकी मेहलमुडिका प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर खड्काको नेतृत्वमा गएको चार जनाको प्रहरी टोलीले घट्ट भित्र पुरिएका दुई जनाका लास उद्धार गरी निकालेका छ ।











प्रतिक्रिया