नेपालभाषाका परम्परागत सडक नाटक दबू प्याखँका लोकप्रिय कलाकार पञ्चरत्न महर्जनको गत असार १८ गते बिहीवार राती निधन भएको छ।
१९९६ भाद्र १० गते जन्मिएका उनी काठमाडौं महानगरपालिका–२२ का स्थायी बासिन्दा थिए।
महर्जनले विशेषगरी २०२२ सालतिर स्थानीय कथावस्तुमा आधारित निपु लँ (दुइटा बाटो) प्mवगि.ंया सर्बय (माग्नेको सर्वस्व) जस्ता चर्चित सडक नाटकमा मुख्य भूमिका निर्वाह गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए। विगतमा काठमाडौं उपत्यकाका विभिन्न टोलमा वर्षायाम सकिएपछि भदौ महिनादेखि स्थानीय कलाकारहरूले आफ्नै लगानी, निर्देशन र स्थानीय कथावस्तुमा आधारित सडक नाटक मञ्चन गर्ने परम्परा थियो। यसै परम्परालाई जोगाउन र प्रवद्र्धन गर्न महर्जनले लामो समय योगदान दिएका थिए।
कलाकारितासंगै उनी काठमाडौं महानगरभित्र ज्यापू समुदायका परम्परागत ३२ टोलमध्ये पुखुद्यां टोल (खिचापोखरी–तेबहाल ) गुठीका थाकुलीमध्ये एक तथा आँगन देवका संरक्षकका रूपमा पनि सक्रिय थिए। उनका परिवारमा फोटो पत्रकार राजभाइ सुवालसहित तीन छोरा र पत्नी रहेका छन्। उनको गत शुक्रवार अन्त्येष्टि गरिएको छ। फोटोग्राफर सुवाल मैतिदेवीस्थित निवासमा बसेर पिताको क्रिया कर्म गरिरहेका छन्।











प्रतिक्रिया