पेनाल्टीमा कोलम्बियालाई हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा, अब अर्जेन्टिनासँग भिड्ने


काठमाडौँ।

स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

क्यानाडाको भ्यानकुभरस्थित बिसी प्लेसमा बुधबार बिहान सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

कोलम्बियाका डेभिन्सन सान्चेज र कुको हर्नान्डिज पेनाल्टीमा गोल गर्न असफल हुँदा टोली दबाबमा परेको थियो। स्विट्जरल्याण्डका मेनुअल अकान्जीले पनि पेनाल्टी गुमाए पनि टोलीले ४–३ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो।

अब स्विट्जरल्याण्डले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले इजिप्टलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।