ह्युस्टन, (एजेन्सी) ।
अमेरिकाका होमल्यान्ड सुरक्षा प्रमुखले इरान विश्वकपबाट बाहिरिएपछि खुशीले नाचेको बताएका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै होमल्यान्डका सुरक्षा विभागका सचिव मार्कवेन मुलिनले भने—म खुशी छु कि तिनीहरूको यात्रा सकियो र तिनीहरू अब, फर्किने छैनन् । यही खुशीमा मैले गीत गाएँ खुशीले नाचे । इरान मात्रै एक टिम थियो कि हामीले पूरै सुरक्षा व्यवस्था यसैमा खर्च गरेँ ।
इजिप्टविरुद्धको स्टपेज टाइममा भएको गोल अफसाइड घोषित भएपछि इरान जित हासिल गर्न विफल भएको थियो । यसपछि उत्कृष्ट आठ तेस्रो टोलीमा नपरेपछि इरानको विश्वकप यात्रा समाप्त भएको हो । अस्ट्रिया र अल्जेरियाबीचको खेल नाटकीय शैलीमा ३–३ बराबरी हुनु पनि इरानलाई बहिर्गमन गर्ने योजना भएको शंका व्यक्त गरिएको थियो ।
विश्वकप सुरु हुनुभन्दा अघि इरानको प्रशिक्षण आधार एरिजोनाबाट मेक्सिकोको तिजुआनामा सारिएको थियो । उनीहरूले खेल खेल्न अमेरिका आउने र खेल सकिनासाथै मेक्सिको फर्कनु पर्ने कष्ट यात्रा गरेका थिए ।











प्रतिक्रिया