आज केही स्थानमा भारी पानी पर्ने सम्भावना


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने र लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।