दोलखा।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ८ लोटाङका पहिरो पीडित परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हेड क्वाटर दोलखाले बिभिन्न राहत सामग्री वितरण गरेको छ ।
गत साउन ६ गतेको अविरल बर्षाका कारण विस्थापित भएका १३ घर धुरीका परिवारलाई नं. १८ गुल्मका गुल्मपति सप्रनाउ सुरेश कोईरालाको उपस्थितिमा डिजास्टर रिलिफ सिस्टम (डिआरएस) कन्टेनरमा रहेका गैर खाद्य सामग्री हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्मले जनाएको छ ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा गौरीशङ्कर गाउँपालिकाका प्रमुख विश्वास कार्की, उपप्रमुख उमा लुङ्गेली मगर, वडा नम्बर– ८ का वडा अध्यक्ष दावा रिन्जी शेर्पा लगायत सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हेड क्वाटर दोलखाको ११ जनाको टोलीको सहभागिता रहेको थियो ।
अविरल बर्षाका कारण लोटाङका स्थानीय विस्थापित भएपछि तत्कालै सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हेड क्वाटर दोलखाले सुरक्षित स्थानमा टहरा बनाई पीडित परिवारलाई वासस्थानको लागि समेत सहयोग गरेको थियो ।











प्रतिक्रिया