लन्डन, (एजेन्सी) ।
जारी विश्वकपमा पुराना खेलाडीको दबाब भएपनि नयाँ युवा खेलाडीहरूले पनि प्रभावशाली प्रदर्शन गरेका छन् । जारी विश्वकपमा २१ वर्ष वा यो उमेरभन्दा मुनिका ८५ खेलाडीले खेलिरहेका छन् । जसमा, सेनेगलका इब्राहिम मबाये विश्वकप इतिहासमा गोल गर्ने चौथो युवा खेलाडी बने । उनले फ्रान्सविरुद्ध ३–१ ले हारेको खेलमा अन्तिममा एक सान्त्वना गोल गरेका थिए । यो गोल गर्दा उनको उमेर १८ वर्ष १४३ दिनको थियो ।
पाँच दिनपछि स्पेनका लागि लामिन यामलले गोल गरे । साउदी अरेबियाविरुद्ध ४–० को जित निकाल्दा उनले पहिलो गोल गरेका थिए । यो गोल गर्दा उनको उमेर १८ वर्ष ३४३ दिनको थियो ।
अन्य युवा खेलाडीमा १८ वर्षीय मोरक्कोका अयुब बोआडी र बोस्नियाका करिम अलाएबेगोभिच, १९ वर्षीय आइभरी कोस्टका यान डायमन्ड, २० वर्षीय स्वीट्जरल्यान्डका जोहान मान्जाम्बी र अस्टे«लियाका निस्टोरी इरानकुन्डाले पनि जारी विश्वकपमा प्रभावित गरे ।
मोरक्कोका अयुब विश्वकपमा सर्वाधिक पास सप्लाई गर्ने युवा खेलाडी बने । उनले ब्राजिलविरुद्धको खेलमा ६६ पास सप्लाई गरेर उत्कृष्ट खेल देखाएका थिए । यो खेलमा मात्रै होइन दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ६४ पास गरेका थिए ।
यस्तै, आइभरी कोस्टका यानले इक्वडेरविरुद्ध ५ मौका सिर्जना गरेका थिए । उनले जर्मनीविरुद्ध २ प्रमुख पास निकालेका थिए । आइभरी कोस्ट यसअघिका विश्वकपमा नकआउट चरणमा पुग्न सकेको थिएन । तर, यसपटक उनको सहयोगमा आइभरी कोस्ट नकआउट चरणमा पहिलोपटक पुग्यो ।
यसैगरी स्वीट्जरल्यान्डले समूह चरणमा ७ गोल गरेकोमा मान्जाम्बीको तीन गोल सामेल थियो । यससँगैं उनी सब्सीच्युटको रुपमा विश्वकप इतिहासमा २ वा सोभन्दा बढी गोल गर्ने सबैभन्दा युवा खेलाडी बने ।
सबैभन्दा नाटकीय गोल बोस्नियाविरुद्ध भएको थियो । ७१ मिनेटसम्म नतिजा ०–० थियो । जब, मान्जाम्बी सब्सीच्युट भए त्यसपछि यो खेलमा स्वीस टोली ४–१ ले विजयी भयो ।











प्रतिक्रिया