स्टोक्सको करिअर हारबाट अन्त्य भयो


लन्डन, (एजेन्सी)।

इंग्ल्यान्डका कप्तान बेन स्टोक्सको अन्तर्राष्ट्रिय करिअर हारबाट अन्त्य भएको छ । सोमबार न्यूजील्यान्डविरुद्धको तेस्रो टेस्टमा इंग्ल्यान्ड १ सय ६० रनले हारेको हो । योसँगैं ३ खेलको टेस्ट सिरिज न्युजिल्यान्डले २–१ ले जित्यो ।

स्टोक्सले यो टेस्ट खेलिरहँदा ड्रेसिङ रुममा भावुक हुँदैं खेलाडीहरूलाई राम्रो खेल्न आग्रह गरेका थिए । उनले खेलाडीहरूसँग सहयोग मागेपनि सोही अनुसार कोही खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् र हार बेहो¥यो ।
योसँगंैं स्टोक्सको १५ वर्षको अन्तर्राष्ट्रिय करिअर समाप्त भयो । तर यो हार भएपनि उनले इंग्ल्यान्डको लागि कयौं अविस्मरणीय इनिङ खेलेका थिए । विशेषगरी उनले २०१९ मा विश्वकप फाइनल, एशेज टेस्टमा सानदार प्रदर्शन गर्दै इंगल्यान्डलाई उपाधि दिलाएका थिए ।

विश्वकपमा ८४ रनको योगदान
१४ जुलाई २०१९ मा लर्डस्मा वानडे क्रिकेटको विश्वकप फाइनल भएको थियो । न्यूजील्यान्डले २ सय ४२ रनको लक्ष्य दिएको थियो । जवाफमा इंग्ल्यान्डले ४९ ओभरमा २ सय २७ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । विजेता बन्न अझ १५ रन आवश्यक थियो । उनीहरूसँग १ ओभर (६ बल) मात्रै बचेको थियो ।

७० रन बनाएर खेलिरहेका स्टोक्सले ट्रेन्ट बलको तेस्रो र चौथो बलमा छक्का प्रहार गरे । तर, अन्तिम दुई बलमा रनआउटले गर्दा म्याच सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पनि टाइ भयो र अन्तमा बाउन्ड्रीको आधारमा इंग्ल्यान्ड विश्व च्याम्पियन भएको थियो ।

हेडिंग्ली एशेज टेस्ट
सन् २०१९ मै अस्टे«लियाविरुद्धको एशेज सिरिजअन्तर्गत् हेडिंग्लीमा तेस्रो टेस्ट भएको थियो । जसमा, इंग्ल्यान्डलाई ३ सय ५९ रनको लक्ष्य प्राप्त भएको थियो । २ सय ८६ रन बनाउँदा ९ विकेट गुमाएको अवस्थामा स्टोक्सले १० औं विकेटका लागि ७६ रनको साझेदारी गरेर एक अविस्मरणीय जित दिलाएका थिए । यो साझेदारीमा स्टोक्स एक्लैले ७४ रन बनाएका थिए । यसमा उनले १ सय ३५ रनको शतकीय इनिङ खेलेका थिए ।

टी २० विश्वकप
टी २० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएर उपाधि जितेको थियो । पाकिस्तानले फाइनलमा केवल १ सय ३८ रनकै लक्ष्य दिन सकेको थियो । जसलाई पछ्याउने क्रममा स्टोक्सले नटआउट हुँदैं ५२ रनको योगदान दिएर इंग्ल्यान्डलाई उपाधि दिलाएका थिए ।
करिअर
स्टोक्सले इंग्ल्यान्डको सिनियर टोलीको तर्फबाट सन् २०११ मा वान्डे अन्तर्राष्ट्रिय करिअर सुरुआत गरेका थिए । टेस्टमा उनको डेब्यू २०१३–१४ को एशेज सिरिजमा भएको थियो । उनी २०२२ अप्रिलमा इंग्ल्यान्डको टेस्ट कप्तान बनेका थिए ।

स्टोक्सले इंग्ल्यान्डका लागि कूल १ सय २२ टेस्ट खेलेका छन् । ४४ खेलमा कप्तानी गरेका उनले टेस्ट करिअरमा १४ शतक र ३७ अर्धशतकको सहयोगबाट ७ हजार २ सय २८ रन बनाएका छन् । यस्तै उनले टेस्टमा २ सय ५२ विकेट लिएका छन् ।

वानडे अन्तर्राष्ट्रिय करिअरमा स्टोक्सले ५ शतक र २४ अर्धशतक प्रहार गरेका छन् । उनले वानडे करिअरमा ३ हजार ४ सय ६३ रन बनाएका छन् । साथै उनले ७४ विकेट पनि हासिल गरेका छन् । यस्तै, टी २० अन्तर्राष्ट्रियमा ५ सय ८५ रन बनाउनुका साथै २६ विकेट पनि प्राप्त गरेका छन् ।