एजेन्सी।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर वैज्ञानिकहरूले पहिलोपटक पूर्ण रूपमा नयाँ भाइरस डिजाइन गर्न सफल भएका छन् । अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र साझेदार अनुसन्धान संस्थाका वैज्ञानिकहरूले एआईको सहयोगमा १६ वटा नयाँ ब्याक्टेरियोफेज विकास गरेका हुन्, जसले प्रयोगशालामा स्ट्यानफोर्ड विश्वविद्यालयको अनुसन्धानले ब्याक्टेरियामाथि आक्रमण गर्ने १६ नयाँ भाइरस सफलतापूर्वक विकास ग¥यो, वैज्ञानिक भन्छन यसले नयाँ उपचारको ढोका खोल्न सक्छ । एस्चेरिचिया कोलाई (ई. कोलाई) नामक ब्याक्टेरिया ब्याक्टेरियालाई सफलतापूर्वक संक्रमित गरी नष्ट गर्न सकेका छन् ।
अनुसन्धान प्रतिष्ठित साईन्स जर्नलमा प्रकाशित भएको छ । अनुसन्धानकर्ताहरूका अनुसार एआईको प्रयोग गरेर सम्पूर्ण भाइरल जीनोम डिजाइन गरी प्रयोगशालामा कार्यक्षमता बनाइएको यो पहिलो घटना हो ।
वैज्ञानिकहरूले भनेका छन्, यी भाइरस मानिसलाई संक्रमित गर्ने होइनन् । तिनीहरू केवल निश्चित प्रकारका ब्याक्टेरियालाई नष्ट गर्ने ब्याक्टेरियोफेज हुन्, जसलाई भविष्यमा एन्टिबायोटिकले काम नगर्ने संक्रमणको उपचारमा प्रयोग गर्न सकिने सम्भावना छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयका सहायक प्राध्यापक डा. ब्रायन हाइका अनुसार यो उपलब्धिले जेनेरेटिभ एआईलाई जीवविज्ञानमा नयाँ चरणमा प्रवेश गराएको छ । च्याटजीपीटीले शब्दको क्रम अनुमान गरेझैँ, इभो, इभो नामक जैविक एआई मोडेलहरूले डीएनएको क्रम सिकेर नयाँ जीनोम डिजाइन गर्न सकेका हुन् ।
अनुसन्धान टोलीले एआईले तयार गरेका ३०२ वटा सम्भावित डिजाइनमध्ये १६ वटा प्रयोगशालामा सफल भएको जनाएको छ । ती भाइरसहरूले ई. कोलाइ ब्याक्टेरियालाई प्रभावकारी रूपमा नष्ट गरेका थिए ।
वैज्ञानिकहरूका अनुसार भविष्यमा यस प्रविधिबाट एन्टिबायोटिक प्रतिरोधी संक्रमणको उपचार, नयाँ जैविक औषधि तथा जीनमा आधारित उपचार विकासमा ठूलो योगदान पुग्न सक्छ ।
तर यो उपलब्धिसँगै जैविक सुरक्षासम्बन्धी बहस पनि तीव्र भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका जैविक सुरक्षा विशेषज्ञहरूले यस्तो प्रविधिको दुरुपयोग गरी भविष्यमा खतरनाक रोगजन्य जीव विकास गर्ने जोखिमलाई बेवास्ता गर्न नहुने बताएका छन् । उनीहरूले एआई, डीएनए संश्लेषण तथा प्रयोगशाला सुरक्षामा कडा नियमन आवश्यक रहेको औँल्याएका छन् ।
अनुसन्धानकर्ताहरूले भने आफ्नो अध्ययनमा मानिस वा अन्य जटिल जीवलाई संक्रमित गर्ने भाइरस प्रयोग नगरिएको स्पष्ट पारेका छन् । एआईलाई ब्याक्टेरियालाई मात्र संक्रमित गर्ने ब्याक्टेरियोफेजको आनुवंशिक डाटामा केन्द्रित गरी तालिम दिइएको र सम्पूर्ण अनुसन्धान उच्च जैविक सुरक्षा मापदण्डभित्र गरिएको उनीहरूको भनाइ छ ।
एआईको स्वीकारोक्ती तथ्य जाँच
एआईको सहयोगमा नयाँ भाइरस डिजाइन गरिएको सत्य हो ।
ती भाइरस मानिसलाई संक्रमित गर्ने होइनन्, ब्याक्टेरियालाई मात्र संक्रमित गर्ने ब्याक्टेरियोफेज हुन् ।
अनुसन्धान साईन्स जर्नलमा प्रकाशित भएको हो ।
यसले नयाँ उपचारको सम्भावना देखाए पनि जैविक सुरक्षाबारे गम्भीर बहस पनि सुरु भएको छ ।











प्रतिक्रिया