(असार १६ गते मंगलवार बिहान २ :४५ बजे)
जर्मनीले चारपटक विश्वकप जितेको भए पनि पछिल्ला दुई संस्करणमा समूह चरणसम्म मात्रै यात्रा सम्भव भएको थियो । यसपटक जर्मनीले पछिल्ला विश्वकपमाभन्दा राम्रो खेल्दै दुई जित निकाल्यो । जसमा नयाँ टिम कारासाओलाई ७–१ ले हराएको जर्मनीले आइभरी कोस्टसँग २–१ को पुनरागमन जित निकाल्यो । तर, समूहको अन्तिम खेलमा भने १–० को अग्रता जोगाउन नसक्दा इक्वेडरसँग जर्मनीले २–१ को अप्रत्यासित हार बेहोर्नु प¥यो ।

यो नतिजापछि जर्मनीको एट्याक बलियो भए पनि डिफेन्स कमजोर रहेको छर्लङ्ग भएको छ ।
उता, पाराग्वेको यो विश्वकप खासै राम्रो देखिएन । समूह चरणमा अमेरिकासँगै ४–१ ले हारेर यस विश्वकपमा खराब सुरुआत गरेको पारग्वेले टर्कीविरुद्ध १–० को जित निकाल्यो । समूहको अन्तिम खेलमा पाराग्वेले अस्टे«लियासँग गोलरहित बराबरी खेल्यो । यसको मतलब यो दक्षिण अमेरिकी टिमले जर्मनीको दाँजोमा विपक्षीविरुद्ध मात्र २ गोल गरेको छ । यो प्रदर्शनले भने जर्मनीसँग पाराग्वेलाई पार लाउन सक्ने छैन ।











प्रतिक्रिया