घरायसी विवादपछि बौद्धमा युवतीको आत्मदाह प्रयास


काठमाडौं ।

काठमाडौंको बौद्धमा एक युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी ३० वर्षीया सालु गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी गम्भीर घाइते भएकी छन्। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ। उनको अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको देखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।