उदयपुर ।
केही दिन अघि विभिन्न संचार माध्यममा बोरा खरिद गर्न नसक्दा उत्पादित ६ करोडको सिमेन्ट नास हुने अवस्थामा रहेको भन्ने आसयका समाचारहरु प्रकाशित भए पछि उदयपुर सिमेन्ट उद्योगमा र बाहिर बजारमा समेत निकै हलचल भयो ।
नयाँ सरकार गठन भएपछि स्थानीय र उद्योगका कर्मचारीहरुले नयाँ व्यवस्थापन अनुसार उद्योग संचालन हुने आशा गरेको भए पनि सरकार गठन भएको ४ महिना हुँदा पनि उद्योगका बारेमा कुनै निर्णय नआउँदा कर्मचारीहरु अन्योलमा छन ।
उद्योगका निमित्त महाप्रबन्धक बैद्यनाथ झासँग उत्पादित सिमेन्ट बोरामा प्याक नभएको विषयमा जिज्ञासा राख्दा ६ करोडको सिमेन्ट नरहेको करिब ४ करोडको हाराहारीमा रहेको र कच्चा पदार्थ क्लिंकरबाट सिमेन्ट उत्पादन गर्न बाँकी रहेको जानकारी दिंदै क्लिंकरबाट सिमेन्ट उत्पादन गर्न जिप्सन पनि आवश्यक पर्ने र क्लिंकरमा जिप्सन हालेर सिमेन्ट उत्पादन गर्न बाँकी रहेकोले यो उत्पमदन भएपछि मात्र ६ करोडको सिमेन्ट पुग्ने बताउनु भयो ।
निमित्त महाप्रबन्धक झाले प्याक गरेर बजारमा लैजान कानुनी प्रक्रिया पुरा गरेर, अफिसियली प्रोसेस पुरा गरेर नियमानुसार प्याक गरेर बजारमा पठाउने छौ । केही प्रक्रिया पुरा गर्नु पर्ने भएकोले ढिलो भउको र उद्योगको केही बैंक खाता रोक्का भएको अवस्था छ । केही खाता मुद्दा मामिलाका कारण रोक्का छ । केही खातामा पैसा जम्मा भएपछि सप्लाायर्सले पैसा लिने र पुनः बन्द गर्ने गरेकोले खाता फुकुवा भएपछि सिमेन्ट प्याक गर्नै बोरा खरिद प्रक्रिया अघि बढ्ने बताउनु भयो ।
सो उद्योगबाट केही समय अघि अवकास प्राप्त मजदुर गम्भिरमान थापाले यस उदोगबाट हालसम्म १ सय ४५ जना कर्मचारीले अवकास पाएको र १० जनाको आर्थिक अभावले औषधी उपचार नपाएर मृत्यु भैसकेको र अहिले पनि २०। २५ जना कर्मचारी आर्थिक अभावले औषधी उपचार गर्न नपाएर छटपटाई रहेको अवस्था छ । कतिपय साथीहरुलाई बालबच्चालाई खान लाउन पढाउन नसकेको अवस्था रहेकोले यो सरकारले केही नसोचेकोले चाडोभन्दा पाउने सेवा सुविधा उपलब्ध गराउन आर्थिक व्यवस्थापन गरे राम्रो हुन्थ्यो ।
आफू २५ वर्ष जागिर अवधि पुरा गरेर गत वर्ष असोजमा अनिवार्य अवकास पाएको र धेरै जिल्लाका साथीहरु रहेको मेची देखि महाकालीसम्मका साथीहरु रहेकोले ति सबैले पायनु पर्ने सेवा सुविधा नपाएको उनले बताए ।त्रियुगा नगरपालिका वडा नं ६ का कार्यवाहक वडाध्यक्ष सुर्यबहादुर राईले त्रियुगा नगरपालिका अन्र्तगत ६ नं वडामा रहेको सिमेन्ट उद्योगमा स्थानीय जनप्रतिनिधि संचालक समितिमा राख्ने व्यवस्था हुनु पर्ने र उद्योगभित्र भएका वा हुने कामहरुका बारेमा जानकारी पाउँदा राम्रो हुने थियो ।
स्थानीय सरकार उद्योगभित्र छिर्न नपाएकोले उद्योगका बारेमा केही जानकारी नहुने हुँदा उद्योगसँग सहकार्य गरेर अघि बढ्न स्थानीय सरकार तयार रहेको बताउनु भयो ।उद्योगका सातौ तहका सिभिल इन्जिनियर वीर बहादुर कार्कीले लाइम ३ सय हेक्टर खानी ५ सय हेक्टर हो त्यसमा रातो माटो खानी समेत लगाएर चुन ढुंगा खानी ठूला उद्योग अन्तर्गत पर्ने र यो हालको त्रियुगा नपा १६ नं वडामा पर्दछ, चुन ढुंगा खानी माथि सिन्धालीमा र अफिस र क्वार्टर सुकौरामा छ । यहाँको लाइम स्टोन दक्षिण एशियामै उत्कृष्ट हो । यसको स्टक शुरुमा ७ करोड ३५ लाख मेट्रिकटन हो । यसमा हालसम्म ३४ वर्षको अन्तरालमा ४० लाख मेट्रिकटन खपत भएको छ । करिब ६ करोड ९० लाख मेट्रिकटन अझै खानी मै स्टक रहेका अवस्था छ ।
इन्जिनियर कार्कीले सिमेन्ट उत्पादनको क्षमता चाहि दैनिक ८ सय मेट्रिकटन हो । उक्त क्षमतामा चलाउँदा करिब १ सय ५० वर्षको लागि पुग्ने सर्भेक्षण गरिएको खानी हो । तर अझै सयौ वर्षसम्म जाने खपत हुने देखिएको छ । विगतमा २४। २५ लाख बोरासम्म सिमेन्ट वार्षिक उत्पादन गर्दै आएकोमा केही वर्षदेखि मेसिन औजार पुराना भएर पुरा काम चलाउन नसक्दा उत्पादन घट्दै गएको अवस्था छ । विगतका आर्थिक वर्षमा ५ लाख त्यसपछि २ लाख हुँदै गत आर्थिक वर्ष २०८२।०८३ मा १ लाख ३१ हजार बोरा बजारमा लैजान सकेको अवस्था छ ।
जसले गर्दा आर्थिक अभावका कारणले १६ महिनादेखिको तलब नपाएको ४ वर्षदेखिको संचयकोष, ३ वर्षदेखिको नागरिक लगानी कोेष जम्मा नभएको अवस्था छ । हाल १ सय ७५ जना स्थायी कर्मचारी कार्यरत रहेको, कन्ट्याक्टमा ५८ जना सुरक्षाकर्मी ज्यालादारीमा पनि कर्मचारी रहेकोले १५। २० जना ज्यालादारी कर्मचारी रहेको कार्कीले बताए ।











प्रतिक्रिया