केप भर्डे ऐतिहासिक रूपमा विश्वकप नकआउटमा, अब अर्जेन्टिनासँग भिड्ने


काठमाडौं । 

फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी भएको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। समूह एचमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै ३ अंक जोडेको केप भर्डे उपविजेता बन्दै राउण्ड अफ ३२ मा पुगेको हो।

पहिलो खेलमा पूर्व विजेता स्पेनसँग बराबरी खेल्दै अंक बटुलेको केप भर्डेले दोस्रो खेलमा दुई पटकको विजेता उरुग्वेसँग २–२ को बराबरी गरेको थियो।

यससँगै समूह एचको नतिजापछि केप भर्डेले नकआउट चरणमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ। अर्जेन्टिना भने समूह जे को विजेता बन्दै लगातार दुई खेल जितेर अघि बढिसकेको छ।

यसैबीच, अन्य समूहहरूबाट पोर्चुगल, इंग्ल्यान्ड, घाना, इजिप्ट र पाराग्वे लगायतका टोलीहरू पनि नकआउट चरणमा प्रवेश गरिसकेका छन्।