सेनेगलको ५–० को शानदार जित, अन्तिम १६ को आशा कायम


काठमाडौं । 

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरले पराजित गरेको छ। हबिब डियराले चौथो मिनेटमै अग्रता दिलाएका थिए भने इस्माइला सार, पापे गुइए (दुई गोल) र इलिमान एनडिएले थप गोल गर्दै सेनेगललाई प्रभावशाली जित दिलाए।

यस जितसँगै तीन खेलबाट तीन अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो हुने टोलीमार्फत अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। साथै, सेनेगल विश्वकपको एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोली पनि बनेको छ।