काठमाडौं, (नेस) ।
केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको पुरुषको एनभीएल (नेपाल भलिबल लिग) मा सहभागी हुने टिमको नाम बिहीबार सार्वजनिक गरिएको छ । हाललाई ६ टोलीको नाम सार्वजनिक गर्दै टिमका मालिक पनि सार्वजनिक गरिएको हो । बाँकी २ टिमका लागि आवेदन खुला रहेको आयोजकले जनाएको छ ।
सहभागिता निश्चित भएका टिममा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि कराते स्टार खेलाडी एरिका गुरुङले एनभीएल भलिबलको मात्र नभइ सबै खेललाई अगाडि बढाउने सुरुआत विन्दु हुने विश्वास व्यक्त गर्दै लिग यादगार र सफल रहोस् भनी शुभकामना दिइन् ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पहिलोपटक पुरुषको फ्रेन्चाइज लिग सुरु हुनु सुखद पक्ष भएको बताउदै लिगले सरोकारवालालाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा फाइदा पुग्ने धारणा व्यक्त गरे ।
नेपाल भलिबल संघको सहयोगमा हुने एनभीएल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । लिगको मिति चाँडै सर्वाजनिक गर्ने आयोजकले जनाएको छ ।











प्रतिक्रिया