विश्वकप ट्रफीको मूल्य गतभन्दा दोब्बर


लन्डन, (एजेन्सी)।

विश्वभरि सुनको मूल्यमा बढोत्तरी भइरहेको अवस्थामा अहिले चलिरहेको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता विश्वकपको ट्रफीमा पनि असर गरेको छ । विश्वकप ट्रफीमा रहेको सुनको मूल्य बढेर लगभग ७.१३ लाख डलरमा पुगेको हो । एक डेटाको अनुसार यो मूल्य कतार विश्वकप २०२२ को तुलनामा दोब्बरभन्दा बढी मूल्य हो । यानि कि चारवर्षमा सुनको मूल्य अधिक नै बढेको छ ।

विश्वकप ट्रफी १८ केरेटको सुनले बनेको हो । यसको कूल तौल ६.१७५ किलोग्राम रहेको छ । जसमा, ४.९३ किलोग्राम शुद्ध सुन सामेल छ । भू–राजनीतिक तनाव, वैश्विक व्यापार अनिश्चितता र आर्थिक विकासका ढिलो गतिबीच सुनको मूल्य भने द्रुत गतिले बढेको छ । यसले विश्वकप ट्रफीको मूल्यलाई पनि नयाँ उँचाईमा पु¥याएको छ ।
विश्वका प्रमुख खेल प्रतियोगिताको ट्रफीमा फिफा विश्वकप ट्रफी मात्रै सुनले बनेको हो । अरु प्रमुख प्रतियोगिताको ट्रफीमा अन्य धातुले बनेको हुन्छ । जसअनुसार यूईएफए च्याम्पियन्स लिग र यूईएफए यूरोपा लिगका ट्रफीहरू स्टर्लिङ चाँदीबाट बनेका हुन्छन् । जसको अनुमानित धातु आधारित मूल्य क्रमशः १६,९५० डलर र २२,६०० डालर पर्न आउँछ ।

यस्तै, अमेरिकामा इन्डियापोलिस फाइभ हन्डे«ड मोटर रेसिङको विजेतालाई दिइने बोर्ग–वार्नर ट्रफी सबैभन्दा मूल्यवान र भारी ट्रफीमा पर्दछ । यसको उँचाइ १.६२ मिटर हुन्छ भने यसमा लगभग ६९ किलोग्रामको स्टर्लिङ चाँदी हुन्छ । यसको अनुमानित धातुको मूल्य १.५६ लाख डलर हुन्छ ।