बझाङ।
“लागूऔषध चिनौँ, सामाजिक समाधानको बाटो रोजौँ” भन्ने मूल नाराका साथ लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बझाङमा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

सोही कार्यक्रमअन्तर्गत बझाङको ऐतिहासिक पुरानाे शैक्षिक संस्था सत्यवादी माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायहरूको सहभागितामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लागूऔषधको बढ्दो प्रयोग, यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा यसको नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे जानकारी गराइएको थियो। लागूऔषधले ब्यक्ति, समाजमा पर्ने असर र लागूऔषध बेचबिखन सम्बन्धि कानुनी व्यावस्थाकाे बारे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर जाेराले कार्यक्रमकाे प्रस्तुति गर्नु भएकाे थियाे ।
युवापुस्तालाई लागूऔषधको दुष्चक्रबाट जोगाउन परिवार, विद्यालय, समुदाय र राज्य सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए।कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले लागूऔषधमुक्त समाज निर्माणका लागि सचेतना, शिक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु पर्ने बताएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले लागूऔषधविरुद्धका सन्देशमूलक अन्तरक्रियात्मक प्रस्तुतिहरूमार्फत जनचेतना अभिवृद्धिमा योगदान पुगेकाे छ ।
अन्तर्राष्ट्रिय दिवसलाई केन्द्रमा राखेर सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमले विशेषगरी युवामा लागूऔषधको जोखिमबारे सचेतना फैलाउने र स्वस्थ तथा सभ्य समाज निर्माणतर्फ प्रेरित गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय बझाङकाे आयाेजनामा संचालन गरिएको उक्त कार्यक्रममा जिल्ला अस्पताल बझाङ ओसीएमसीमा कार्यरत मनाेसामाजिक कर्ता दिपा जाेशीले लागूऔषध दुवेशनी र महिला माथि हुने विभिन्न खाले हिंसा , उमेर समुहका बालबालिकाे मनाेबिज्ञान लाई कसरी बुझ्ने र समस्या देखा परे कसरी समाधान गर्ने भन्ने बिषयमा प्रस्तुतिकरण गर्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न घटनाक्रममा उदाहरण दिई बिद्यार्थीहरूलाई सचेतना फैलाई सभ्य समाजकाे परिकल्पना गरिएकाे छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीकाे अध्यक्षतामा संचालन गरिएकाे थियाे भने प्रमुख अतिथि सत्यवादी मा वि बझाङका प्रधानध्यापक खगेन्द्र प्रसाद जाेशी रहनु भएकाे थियाे । उक्त सचेतनामुलक कार्यक्रममा संयुक्त राष्ट्र संघिय जनसंख्या काेष/पिसविन नेपाल ,प्रगतिशील युवा समाज,दलित सहयोग समाजकाे सहयोगमा संचालन गरिएकाे थियाे । कार्यक्रम संचालक युएनएफपिए बझाङका प्रमुख गणेश बहादुर शाहीले गर्नुभएकाे थियाे । कार्यक्रममा शिक्षा समन्वय ईकाईका वसन्त बहादुर सिंह ,सशस्त्र प्रहरी वल बझाङका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक उज्ज्वल लामिछाने ,साहयक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जाेशी,राष्ट्रिय अनुसन्धान अधिकृत नरेन्द्र जाेशी,नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित बहादुर सिंह लगायत विभिन्न सराेकारवालाहरूकाे उपस्थितिमा सचेतनामुलक कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको थियाे ।











प्रतिक्रिया