कोलम्बिया–डिआर कंगो खेलको पहिलो हाफ गोलरहित


काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ मा कोलम्बिया र डिआर कंगोबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलमा कोलम्बियाले पहिलो हाफभरि दबाब बनाए पनि गोल गर्न सकेन। उसले ६६ प्रतिशत बल पोजेसन राख्दै १० सट प्रहार गरेको थियो, जसमध्ये ६ सट अन टार्गेटमा रहेका थिए।

डिआर कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ बचाउ गरे। यता कंगोले पहिलो हाफमा २ सट प्रहार गरे पनि कुनै पनि सट टार्गेटमा राख्न सकेन। पहिलो ४५ मिनेटपछि दुवै टोली गोलरहित बराबरीमा छन्।