काठमाडौं ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ मा उज्वेकिस्तानविरुद्ध गोल गर्दै नयाँ इतिहास रचेका छन्। उनी लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।
ह्युस्टनमा भएको खेलमा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले पराजित गर्यो। खेलको छैटौं मिनेटमै गोल गरेका रोनाल्डोले २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ विश्वकपमा गोल गर्ने अद्वितीय कीर्तिमान कायम गरे।
४१ वर्षीय रोनाल्डोले यससँगै पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए। उनले पोर्चुगलका महान खेलाडी युसेबियोलाई पछि पारेका हुन्।
रोनाल्डोले हालसम्म २३० अन्तर्राष्ट्रिय खेलमा १४५ गोल गरिसकेका छन्।











प्रतिक्रिया