काठमाडौँ ।
देशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव जारी रहँदा आज कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका अधिकांश भूभागमा बादल लाग्ने र केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हाल मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा हुने सम्भावना छ भने कोशी प्रदेशको तराई तथा मधेसका केही क्षेत्रमा पनि चट्याङ्गसहित वर्षा हुन सक्छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।











प्रतिक्रिया