चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि फारम वितरण तथा दर्ता प्रक्रिया अघि बढाएको हो।
सभापति पदमा वर्तमान सभापति रवि लामिछानेले उम्मेदवारी दिने भएका छन्। उनको प्रस्तावकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह रहने स्रोतले जानकारी दिएको छ।
रास्वपाको निर्वाचन कार्यविधिअनुसार सभापति पदमा उम्मेदवारी दर्ता गर्न एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ।
सभापतिको मनोनयन फारम दर्ताका लागि लामिछाने र शाह सँगै महाधिवेशनस्थलमै रहेको निर्वाचन आयोगको सचिवालय पुगेका छन्।
नयाँ निर्वाचन तालिकाअनुसार साँझ ७ बजेदेखि ७ः३० बजेसम्म सभापति पदको मनोनयन फारम वितरण तथा दर्ताको समय तोकिएको छ। त्यसपछि अन्य पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ।
यसैबीच, प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहका लागि सिर्जना गरिएको वरिष्ठ नेता पदमा भने निर्वाचन नहुने भएको छ। उक्त पदमा सहमतिबाट चयन हुने व्यवस्था गरिएको बताइएको छ।











प्रतिक्रिया